arrow

दिपक बिष्टले गरे भुकम्पपीडितलाई न्यानो लुगा हस्तान्तरण

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1995408282.jpeg
काठमाडौं। रोयल पेनगुइन बुटिक होटल र क्रु क्लोदिङ युकेले संयुक्तरुपमा काभ्रेको ढुखंर्क गाविसका भूकम्प पीडित दलितलाई जाडो छेक्ने न्यायो लत्ताकपडा वितरण गरेको छ । ढुखंर्कमा सोमबार आयोजित कार्यक्रममा तेक्वान्दोका ओलम्पियन दीपक विष्ट, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ दीपक थापा, ढुंखर्कका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले झन्डै ७० घरधुरीका पीडितलाई लत्ताकपडा हस्तान्तरण गरेका थिए । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावित जिल्ला मध्ये काभ्रे पनि एक हो । वितरण गरिएको कपडामा ज्याकेट, स्वेटर, जम्पर, बेबी ब्ल्याङकेट, तन्ना, मफलर, सल रहेका छन् । 
 
पीडित खिलबहादुर विकले भूकम्पले सबैलाई प्रभाव पारेको यस्तो अवस्थामा जाडोको कपडा सहयोग गरेकोमा रोयल पेनगुइन र क्रु क्लोदिङ युकेलाई धन्यवाद दिए । 
पेनगुइनका व्यवस्थापक कुचाङ लामाले भूकम्प पीडित दलितलाई सहयोग गर्ने अभियानमा साथ दिएको क्रु क्लोदिङलाई धन्यवाद दिए । 
 
ओलम्पियन विष्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विगतमा पनि ढुंखर्कका पीडितलाई सहयोग गरेको चर्चा गर्दै भने, पीडाका बेलामा सानो सहयोगको पनि ठूलो महत्व हुन्छ । यो सहयोगले जाडो छल्न मद्दत गर्न सक्छ । भविष्यमा पनि हामी सहयोगका लागि पहल गर्नेछौं । 
 
निर्वतमान गाविस अध्यक्ष तिमल्सिनाले ढुंखर्कका पीडितलाई सहयोग गरेकामा गाँउबासीकातर्फबाट पेनगुइन र क्रु क्लोदिङलाई धन्यवाद दिए । उनले त्यो सहयोगमा गाविसका दलितका सबै घरधुरी समेटिएको जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ