arrow

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २५८ पुग्यो, शुक्रबार नौ जना थपिए

logo
प्रकाशित २०७७ जेठ २ शुक्रबार
corona-nepal-health.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २५८ पुगेको छ । शुक्रबार ९ जना थपिएसंगै यो संख्या २५८ पुगेको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षण अनुसार ९ जना थपिए । 

मकवानपुरका ३७ वर्षीय पुरुष बाँकी ८ जना बाँके नैनापुर १, ३ र ५ निवासी १८ वर्षदेखि ३६ वर्षका पुरुषहरु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताएका छन् । 

मन्त्रालयले बिहान ८ बजे प्रेस विज्ञप्ति जारी गरी यो जानकारी दिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ