arrow

विनोद चौधरीको नेतृत्वमा कांग्रेसले बनायो लगानी, पूर्वाधार र रोजगार बिशेष समिति

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
binod-chaudhary-speech-parliament._.jpg

काठमाडौं। नेपाली कांग्रेसले ‘लगानी, पूर्वाधार र रोजगार स् दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ गठन गरेको छ। बैशाख १७ मा सम्पन्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति शेरबहादुर देउवाले कांग्रेस सांसद समेत रहेका उद्यमी विनोद चौधरीको नेतृत्वमा बिशेष समिति गठन गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए। 

समितिमा पार्टीको विभिन्न पदमा रहेर काम गरिरहेका र गरिसकेका विभिन्न क्षेत्रका लगानिकर्ता र रोजगारदाताहरु समेटिएको पौडेलले बताए। चौधरीको नेतृत्वमा गठित समितिको सदस्यमा दिपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर केसी,मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, बिष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ कान्छाराम, खगेश्वर बोहरा छन्। 
 
समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रीत बिशेष समिति’ लाई सुझाव दिने सदस्य दिपक खड्काले जानकारी दिए।  

दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेगरि काम गर्ने अर्का सदस्य कर्मा घलेले बताए । समितिको संख्या २१ मा नबढ्ने गरि थप गरिने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ