arrow

भारतीय क्वारेन्टाइनमा रहेका साँढे ४ सय नेपाली नेपाल भित्रिए 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
nepali.PNG

कञ्चनपुर । कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सीमा नाकाहरुमा बन्द गरिएपछि भारतको पलियाँमा फसेका साँढे ४ सय नेपालीहरूलाई शुक्रबार नेपाल प्रवेश गराइएको छ । 

कैलाली -कञ्चनपुरका नेपाल-भारत विभिन्न सीमा नाकाहरुबाट फिर्ता गरिएका र भारतीय सीमावर्ती स्थानहरुमा पुगेका नेपाली नागरिकहरुलाई भारतको लखिमपुर खिरी पलिया स्थित बलदेव इन्टर कलेजमा क्वारेन्टाइनमा राखिएको थियो । 

नेपाल-भारत दुई देशिय पहलमा भारतीय क्वारेन्टाइनमा राखिएका ४५३ जनालाई शुक्रबार शुक्रबार नेपाल प्रवेश गराइएको छ । भारतको पलियाँ स्थित क्वारेन्टाइनमा कैलाली ,कञ्चनपुर , बैतडी र सुर्खेत लगायतका जिल्लाका नागरिकहरु बसेका थिए । 

शुक्रबार शुक्रबार नेपाल प्रवेश गराइएकाहरुको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार -गौरीफन्टा सीमानाकामा उनिहरुको आरडिटी परिक्षण गरिदै छ । परिक्षण पश्चात् उनिहरुलाई सम्बन्धित जिल्लाको स्थानीय तहहरुमै पठाउने तयारी गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए । 

पलियाँ क्वारेन्टाइन र अलपत्र अबस्थामा रहेका नेपाली हरुलाई सीमा नाका गौरीफन्टा सम्म भारतीय प्रशासनले बसमार्फत पुगाएको थियो । 
शुक्रबार नेपाल प्रवेश गराइएका नागरिकहरुलाई सम्बन्धित जिल्लाका स्थानीय तहहरुमा २१ दिन क्वारेन्टाइनमा राखेर पिसिआर परिक्षण गरिने प्रहरी निरीक्षक सिंहले बताए । 

भारतीय क्वारेन्टाइनमा रहेकाहरुलाई भोलि पनि प्रवेश गराइने उनले बताए । शुक्रबार प्रवेश गराइएकाहरु कुन जिल्ला र स्थानिय तहका कति जना रहेको बारे लगत संकलन कार्य जारी रहेको बेलुका अबेर सम्ममा शुक्रबारको तथ्यांक संकलन गरि सकिने प्रहरी निरीक्षक सिहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ