arrow

लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि, भार्डीको घरमा सबै खेलाडी

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
leicester_Champion.jpg.jpeg
काठमाडौं। प्रिमियर लिगमा दुई खेल बाँकी छँदै लेस्टर सिटीले उपाधि जितेको छ। टोटेह्याम हटस्पर र चेल्सीको खेल २-२ गोल बराबरी भएपछि लेस्टरले स्वत उपाधि जितेको हो। दोस्रो स्थानमा रहेको स्परलाई उपाधिकालागि चेल्सीसँगको खेल जित्नु पर्ने आवश्यक रहेको थियो। 
 
लेस्टरका खेलाडीहरुले चेल्सी र स्पर्सको खेल जेमी भार्डीको घरमा जम्मा भएर हेरेका थिए। भार्डीको घरमा उनीहरुले जीतको खुशियाली मनाएका थिए। लेस्टरका सबै खेलाडी भार्डिको घरमा जनम्मा भएर आफ्नो जीतको खेल हरेका थिए।
 
पहिलो हाफमा २-०को अग्रता लिएको स्पर्सले दोस्रो हाफमा आफ्नो अग्रता कायम राख्न सकेन र चेल्सीले २ गोल फर्काएको थियो। ३५औं मिनेटमा ह्यारी केनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए भने ४४औं मिनेटमा हिङ मिन सोनले दोस्रो गोल गरेका थिए। चेल्सीकालागि ग्यारी काहिलले ५८औं मिनेटमा गोल गरेका थिए भने ८३औं मिनेटमा हजार्डले दोस्रो गोल गरेका थिए। 
 
आगामी शनिवार ईभर्टनसँग हुने खेलमा लेस्टरलाई उपाधिको कप हस्तान्तरण गर्ने छ। लेस्टरका कप्तान वेस मोर्गनले सबै खेलाडीहरुको कडा परिश्रम र मिहिनेतले नतिजा आफ्नोतिर पारेको सटिक उत्तर दिएका छन्। 
 
ईतिहासमा पहिलो पटक गत फुटबल सत्रमा रेलिगेशनमा झण्डै परेको र यसपाली रेलिगेशनमा पर्ने अनुमान गरिएको लेस्टरले उपाधि जितेको हो। फुटबल सत्रको शुरुवातमा ५०००:१को भाउ रहेको लेस्टरले उपाधि जित्नु सट्टा बजारमा पनि ठुलो हलचल ल्याईदिएको छ। 
 
लेस्टरको पक्षमा १०० पाउण्ड लगाउनेहरुले ५० हजार पाउण्ड पाउने भएका छन्। हलिउड स्टार टम ह्यान्क्सले पनि १०० पाउण्ड लेस्टरको पक्षमा लगाएको समाचार केहि पहिले सार्वजनिक भएको थियो। 
 
लेस्टरका म्यानेजर रानियरीले आफु खुशी भएको बताएका छन्। उनले टोली व्यवस्थापन, समर्थक एवं सबै शुभ चिन्तकहरुलाई धन्यवाद दिएका छन्। उनले आफुले प्रत्यक खेल जित्न चाहेको र हप्तामा हुने खेलमा आफ्नो टोलीले प्रगति गरेको हेर्न चाहने गरेको खुलाशा गरे। खेलाडीहरुले यती राम्रो खेलेकी उपाधि नै जिताईदिए उनले भनेका छन्। 
 
३६ खेलमा ७७ अंककासाथ लेस्टरले दुई खेल बाँकी रहेको अवस्थामा उपाधि  जितेको हो। दोस्रो स्थानमा रहेको टोटनह्यामको ३६ खेलमा ७० अंक रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ