arrow

जीपी कोइराला फाउण्डेसनद्धारा फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३ शनिबार
gp-foundation-press.gif

काठमाडौं। जीपी कोइराला फाउण्डेसन नेपालले नेपाल फोटो पत्रकार महासंघलाई सहयोग स्वरुप २ सय थान प्रेस ज्याकेट उपलब्ध गराएको छ ।

फाउण्डेसनकी अध्यक्ष सुजाता कोईरालाले एक अनौपचारिक कार्यक्रमका विच प्रेस ज्याकेट शनिबार हस्तान्तरण गरेको महासंघका महासचिव हरिप्रसाद रेग्मीले जानकारी दिए । 

कोरोनाको अत्यधिक जोखिममा रहेर अग्रपङतीमा कार्यरत फोटोपत्रकारहरूलाई कार्यक्षेत्रमा हिड्दा पहिचान गर्न सहज होस भनेर प्रेस ज्याकेट उपलव्ध गराएको कोइरालाले बताइन। 

महासंघका अध्यक्ष ध्रुव आलेले कोरोना महामारिका कारण विभिन्न क्षेत्रमा लकडाउन र कर्फ्यु जारि भएकाले हालको अवस्थामा फिल्डमा अग्रपङतीमा रहेर रिपोर्टिङ गर्नुपर्ने फोटोपत्रकारलाई प्रेस ज्याकेटले ठूलो सहयोग पुग्ने भन्दै फाउण्डेसनलाई धन्यवाद दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ