arrow

प्लास्टिकमा बेरिएर पशुपति आर्यघाट पुगिन ति सुत्केरी, विलाइन धुवाँमा

पीपीई लगाएका कर्मचारीले जलाए शव दाह गृहमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३ शनिबार
corona-first-death-nepal.gif

काठमाडौं। कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया सुत्केरी महिलाको दाहसंस्कार पशुपति आर्यघाटस्थित विद्युतीय शव दाह गृहमा भएको छ। 

कोरोनाको कारण निधन भएका व्यक्तिको अन्तिम संस्कारमा अपनाइने प्रोटोकल अनुसार नै उनको दाहसंस्कार गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ। 

उनको शव लिन अस्पताल जानेदेखि अस्पतालबाट टेकु लगेर पशुपति लैजाने बेलासम्म सबै ठाउँमा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो। 

शब लिएर आएको सवारी साधनलाई सिधै शव दाह गृह लगिएको थियो। प्लास्टिकले बेरिएर ल्याइएको शबलाई शव दाह गृहका पीपीई लगाएका कर्मचारीहरुले प्लाष्टिकमा पोको पारेकै अवस्थामा विद्युतीय शवदाहमा शबलाई छिराएका थिए। शब दाह गृहमा छिराएको केहि टिनमै ति १० दिनको सुत्केरी धुवाँ धुवाँ भएर आकाशमा विलाउन थालिन। 

उनको शव जलाउने शव दाह गृहका कर्मचारीले सम्पूर्ण सुरक्षा कवच पहिरिएका थिए। स्रोतका अनुसार कोरोनाबाट ज्यान गुमाएकी महिलाको शब जलाउने देखि शब लिएर आउने सबैलाई आजैबाट क्वारेन्टाइन राखिने छ।       

शनिवार राती उच्च सुरक्षा व्यवस्थाको साथ पिंगलास्थानमा रहेको विद्युतीय शव दाह गृहमा अन्त्यष्टि गरिएको हो। उनको शब जलाउने ठाउँमा आफन्त नातागोता कोहि नभएपनि कोरोनाबाट निधन भएको पहलो केस भएका कार बिहीवार राति उपचारको लागि धुलिखेल अस्पताल लग्दै गर्दा उनको मृत्यु भएको थियो।

शनिवार राति महिलाको शवलाई धुलिखेल अस्पतालबाट सुरक्षा अपनाएर सुरक्षाकर्मीको स्कटिङसहित पिंगलास्थानको शवदाह गृहमा ल्याइएको थियो।

नेपाली सेना, प्रहरी सहितको टोलीले धुलिखेलबाट शवलाई ल्याएका थिए। शव ल्याउने समयमा गौशला क्षेत्रमा अन्य मानिस तथा सवारी साधनलाई समेत प्रवेश निषेध गरिएको थियो।  

कोरोना संक्रमित व्यक्तिलाई अन्तिम संस्कारका लागि पशुपति ल्याइने भएपछि कतिपय स्थानिय भने त्रासमा समेत रहेका थिए। उनीहरुले यसको संक्रमण अरुलाई नहुने सुनिश्चित गर्न सहयोगका लागि संचारमाध्यमका प्रतिनिधीहरुलाई आग्रह गरिरहेका थिए। 

भिडियो स्रोतः अन द रेकर्ड।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ