arrow

कोरोनाले रोकिएको जर्मन बुन्डेसलिगा चालु, डर्टमण्डसंग शाल्के निरीह 

बन्द रंगशालामा खेल, लिग चालु गर्ने जर्मनी पहिलो देश

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
EYJiOF0XYAEcmij.jpg

काठमाडौं । कोरोना भाइरसले रोकिएको जर्मन बुन्डेस लिगा फुटबल पुनः चालु भएको छ । विश्वमा कुनै पनि देशमा रोकिएका लिगहरु चालु हुन नसक्दा जर्मनी लिग चालु गर्ने पहिलो देश भएको छ । 

शनिबार राति ६ खेल भएका छन् । उक्त खेलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ। डर्टमण्डले शाल्केलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो ।

डर्टमण्डका लागि राफेल गुईरेरियोले दुई गोल गरे । यस्तै अर्लिङ हालाण्ड र थोर्गन हाजार्डले एक एक गोल गरे ।

त्यस्तै अन्य खेलमा आग्सबर्ग वुल्फबर्गसंग २–१ गोलले पराजित भएको छ । पादरबर्नले फर्टुनासंग गोलरहित बराबरी खेलेको छ । हेर्थाले होफेनहेमलाई ३–० गोलले हराएको छ । 

लेप्जिगले फ्रेबर्गसंग १–१ गोलको बराबरी खेलेको छ । बोरुसिया मोन्चेनग्लाडबाचले फ्रयांकफर्टलाई ३–१ गोलले हरायो । 

अंक तालिका–
बायर्न म्यूनिख २५ खेलबाट ५५ अंकसहित शीर्ष स्थानमा छ । बोरुसिया डर्टमण्ड २६ खेलबाट ५४ अंकसहित दोस्रो स्थानमा छ । 

बोरुसिया मोन्चेनग्लाडबाच २६ खेलबाट ५२ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

लेप्जिग ५१ अंकसहित चौथो स्थानमा रहेको छ । एक खेल कम खेलेको बायर लिभरकुजेन ४७ अंकसहित पाँचौं स्थानमा छ । वुल्फबर्ग ३९ अंकसहित छैटौं स्थानमा छ । 

सातौं स्थानको फ्रेनबर्गको ३७ अंक छ भने शाल्के ३७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ