arrow

एनआरएन साहित्य समितिले अनलाईन कार्यक्रम संचालन गर्दै, कुन देशबाट को को सहभागी ?

नेपाली समयअनुसार राति ८ बजे सुरु हुँदैछ अनलाईन साहित्यिक कार्यक्रम

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
NRN-Online-Program.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघले साप्ताहिक अनलाईन साहित्यिक कार्यक्रम संचालन गर्ने भएको छ । संघको नेपाली भाषा, साहित्य,संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले ‘प्रवासी प्रवाह’ नामबाट साप्ताहिक रुपमा अनलाईन साहित्यिक कार्यक्रम संचालन गर्न लागेको हो । 

पहिलो कार्यक्रम आइतबार नेपाली समय अनुसार राति ८ बजेबाट सुरु गर्न लागिएको जानकारी समितिका अध्यक्ष हिक्मत थापाले दिए । 

कार्यक्रमको शुभारम्भका क्रममा एनआरएनएका अध्यक्ष कुमार पन्तको शुभकामना मन्तब्य प्रस्तुत हुनेछ । पहिलो कार्यक्रममा साहित्यकार जीवा लामिछाने (जर्मनी), गोपाल रेग्मी (अमेरिका) र उषा शेरचन (नेपाल) संग बिशेष कुराकानी र उनीहरुका रचना पाठ हुनेछन् । 

समितिका अध्यक्ष थापाका अनुसार प्रवासको नेपाली साहित्यलाई थप क्रियाशील बनाउन यो  कार्यक्रम प्रारम्भ गर्न लागिएको हो । यस अनलाइन कार्यक्रमको संयोजन र संचालन भगवती बस्नेतले गर्दैछिन् ।

समितिले यसका साथै गैरआवासीय नेपाली लेखकहरुका रचना समेटिएका नियात्रा संग्रह र गजल संग्रहको समेत प्रकाशनको तयारी गर्दैछ ।

एनआरएन आइसीसीले गत महिना मात्र संस्थाका पूर्व कोषाध्यक्ष थापाको अध्यक्षतामा २१ सदस्यीय भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रबर्द्धन समिति गठन गरेको हो । समितिमा छ वटै महादेशबाट प्रतिनिधित्व हुने गरी एक एक जना सहअध्यक्षको व्यवस्था गरिएको छ ।

को को छन् अमेरिकाबाट ?
अमेरिकाबाट समितिमा एक सल्लाहकार,एक सहअध्यक्षसहित ६ जना सदस्य मनोनित भएका छन् । जस अनुसार समितिको सल्लाहकारमा नीलम कार्की निहारिका, अमेरिकाज क्षेत्रको सह–अध्यक्षमा महेश्वर पन्त र सदस्यहरुमा विकास विष्ट, गौतम दाहाल, गोविन्द गिरि प्रेरणा, कपिल अधिकारी, कृष्ण कुसुम र सर्वज्ञ वाग्ले रहेका छन् ।

समितिमा युगाण्डाका रमेश कंडेल (अफ्रिका), जापानका बेलुकाजी थापा (एशिया प्यासिफिक), नेदरल्याण्डका हरि पौडेल (युरोप), युएइका निश्चल पीएस लिम्बु (मध्यपूर्व) र अष्ट्रेलियाका गणेश घिमिरे (ओसियाना) समितिको सहअध्यक्ष रहेका छन् ।

समितिमा अमेरिकाका छ जनासहित चन्द्र लामा अनुराग (कोरिया),जितेन्द्र मल्ल (अष्ट्रेलिया), लक्ष्मण न्यौपाने (म्यान्मार),नृपेश उप्रेती (बेलायत), संजय शान्ति सुबेदी (न्यूजिल्याण्ड), सुनिल संगम (पोर्चुगल) र तीर्थ संगम राई (कतार) र भगवती बस्नेत (नेपाल) सदस्य रहेका छन् । 

समितिको सदस्य सचिवमा भगवती बस्नेतलाई जिम्मेवारी दिइएको छ ।

समितिको सल्लाहकारहरुमा डा गङ्गाप्रसाद उप्रेती (कुलपति, प्रज्ञा प्रतिष्ठान नेपाल), जीवा लामिछाने (जर्मनी), आश्विनी कोइराला (नेपाल), नीलम कार्की निहारिका (अमेरिका) र रमेश पौडेल (नेपाल) रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ