arrow

सरकार भारत सामु लम्पसार परेको भन्दै पुत्ला दोहन 

logo
उत्तम चौलागाईं, 
प्रकाशित २०७७ जेठ ४ आइतबार
rake-julus2.jpg

खोटाङ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ खोटाङले प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयकी मन्त्री पद्मा कुमारी अर्यालको पुत्ला जलाएको छ । 

शनिबार दिक्तेल बजारस्थित त्रिवेणीचोकमा नेविसंघले राष्ट्रियताको पक्षमा दृढ नभई भारत सामु सरकार लम्पसार भएको भन्दै दुवैको पुत्ला दोहन गरेको हो । 

विगत छ महिना पहिले कालापानी लगायतका नेपाली भू–भागहरु आफ्नो नक्शामा राखी भारतले प्रकाशित गर्दा नेपाल सरकार भारतको सामू लम्पसार परेको भन्दै नेविसंघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतको नेतृत्वमा पुत्ला दोहन गरिएको हो । 

पुत्ला दोहनपछि नेविसंघ सभापति बस्नेतले कोरोना संक्रमणको महामारीले सिङ्गो विश्व आक्रान्त भएको यस क्षणमा भारतले नेपालको भुमि अतिक्रमण गरी सडक निर्माण गरेको समाचार सार्वजनिक हुँदा सम्पूर्ण नेपाली जनता मर्माहत तथा आक्रोशित भएको बताएका छन् । 

उनले भारतले नेपाली भुमिमा भारतिय राजमार्ग नै निर्माण गरी सकेपछि पनि राष्ट्रियताको पक्षमा दृढ अडान नलिइ भारतलाइ गल्ती सच्याउन वाध्य वनाउनुको सट्टा उल्टै राष्ट्रियताको रक्षाको निम्ति सडकमा आएका नेपाली जनता माथि निर्मम दमन गरी यो सरकार भारतलाई नै रिझाउन लाग्नु खेदजनक रहेको बताएका छन् । 

बस्नेतले राष्ट्रियता संकटमा परेको यस घडीमा सरकारले अत्यन्त गम्भीरता एवं तदारुकताका साथ भुमिका निभाउनु पर्ने भन्दै आग्रहसमेत गरेका छन् । 

अन्यथा, भारतिय अतिक्रमणका विरुद्ध साथ साथै सरकारको लम्पसारवादी प्रवृत्तिको विरुद्ध समेत आन्दोलनको आँधीबेहरी सृजना गर्न वाध्य हुने नेविसंघले जानकारी दियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ