arrow

भूमि फिर्ताको माग गर्दा हिरासतमा, देशभर आन्दोलन गर्ने नेबिसंघको चेतावनीपछि रिहाई

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
98058486_685204048986195_35.jpg

काठमाडौं । भारतले अतिक्रमण गरेको भूमि फिर्ताको माग तथा केपी शर्मा ओली नेतृत्वको सरकार भारतसंग लम्पसार परेको भन्दै गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाको आव्हानमा बाह्रबिसेमा गरिएको कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै केहीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको हो । 

प्रदर्शनको क्रममा अरनिको कलेजका स्वबियु सभापति एबं नेबिसंघका क्षेत्रीय अध्यक्ष हेमन्त श्रेष्ठ, कांग्रेस नेता अजय तामाङ, नेबिसंघका नेताहरु बिश्वास बस्नेत, रमेश अधिकारी, मनिश बस्नेत लगायतलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको हो ।

हिरासतमा भएका नेताहरुलाई रिहाइ गर्न नेविसंघका महामन्त्री बलदेव तिलल्सिनाले माग गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सामाजिक दूरी कायम राख्दै, लकडाउनको पूर्ण पालना गरी शान्तिपूर्ण तवरले गरिएको प्रदर्शनमाथि गरिएको प्रहरी हस्तक्षेप र गिरफ्तारी निन्दनीय छ ।’

उनले इलाका प्रहरी कार्यालय बाह्रबिसेमा हिरासतमा राखिएका नेताहरुको तत्काल बिना सर्त रिहाइको माग गरेका छन् । 

महामन्त्री तिमल्सिनाले बिना सर्त रिहाइ नगरिए नेविसंघले देशभर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

यसैबीच, पक्राउ परेकाहरु सबैलाई बिना सर्त रिहाइ गरिएको नेबिसंघ सिन्धुपाल्चोकका कार्यबाहक सभापति नबिन श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ