arrow

जनप्रतिनिधको तितो क्षणः लकडाउनलाई प्रभावकारी एंव मानिसलाई सचेत गराउँदा उल्टै अपमानित 

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ ४ आइतबार
lockd.jpg

रुपन्देही । वलु पुन मगर बुटवल उप–महानगरपालिका वडा नं. १० एक जनप्रतिनिधि हुन् । उमेरले लक्काजवान देखिने उनी अहिले समाज रुपान्तरण र जनताको सेवामा तल्लिन छन् । साथै उनी आफ्नो निर्वाचन क्षेत्र र वडावासीका लागि राजनिति भन्दा माथि उठेर लागिरहेका छन् ।

कोरोना भाईरस (कोभिड–१९) संक्रमणले विश्वलाई निकै स्तब्ध वनाई रहेका वेला नेपालमा पनि त्यसको असर दिनप्रतिदिन वढ्दै गएको छ । दैनिकजसो संक्रमित वढिरहेका छन् । 

क्वारेन्टाईन र आईसोलेसन भरिभराउ हुँदा जनप्रतिनिधि पुन मगर हिजोआज सडकमा मुखमा मास्क, हातमा पञ्जा, आँखामा चस्मा र स्यानिटाईजरको प्रयोग गरी लकडाउनको पालना गर्न र महामारी कोरोना भाईरस संग वच्न अनावाश्यक रुपमा सडकमा हिँडिरहेका हरुलाई सचेत गराउने कार्यमा व्यस्त छन् ।

आफु वचौं, अरुलाई पनि वचाउँ, भन्ने शन्देस सहित उनको दैनिकी व्रिफिङ्ग दिएर वितिरहेको छ । साथै उनले यसरी नागरिकहरुलाई लकडाउनको अर्थ, कोरोना भाईरस संक्रमण वाट वच्च, यसका लक्षण र यस वाट वच्न के–कस्ता कुराहरुलाई ध्यान दिने भन्ने कुराहरुको ज्ञान दिन उनी सो सम्वन्धि जानकार र सुरक्षाकर्मीको समेत संलग्नतामा खटिरहेका छन् ।

तर उनी भन्छन्, सरकारले नागरिकहरुलाई सुचना प्रवाह गर्न नसकेको होकी, अथवा नागरिकहरुले वुझेर पनि हेल्चेक्राई गरेका हुन्, आफुले स्थलगत अनुगमन र व्रिफिङ्ग वाट धेरै कुरा सिकेको र भोगेको वताउँछन् । उनको भोगाईमा स्थानिय तहका लागि स्वतन्त्र उमेदवार एंव स्थानिय समाजसेवी, गोरखा व्रिटिस ट्रेनिङ्ग सेन्टरका सञ्चालक, तिलोत्तमा क्याम्पसका सह–प्रधानाध्यापक र लाईन्स क्लव अफ तिलोत्तमाका प्रतिनिधि जस्ता प्रतिष्ठित मान्छेहरु वाट आफु अपमानित हुन पुगेको अनुभव छ उनी संग ।

उनले भने उक्त व्यक्तिहरुले आफुलाई लकडाउनको वारेमा सचेतना जगाउँदा, कसैले देशको प्रधानमन्त्रीले खटाएको होकी के हो भने, कोहीले आफुले राम्रो र महङ्गो खालको कोरोना वाट वच्ने औषधि प्रयोग गरेको भन्दै जनतालाई दुःख दिने काम गरेको जवाफ दिदा राज्यले सुचनाको प्रवाह र लकडाउनलाई थप कडाई गर्न सामान्य खालको गृहकार्यले नपुग्ने उनको तर्क रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ