arrow

धनुषामा सात कोरोना संक्रमित, दुई चितवनबाट साइकल चढेर जनकपुर

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
cycling.jpg

जनकपुर । धनुषामा थप दुईजनामा कोरोना पुष्टि भएको छ । अब यस जिल्लामा कोरोना संक्रमितको सङ्ख्या सात पुगेको छ ।

कोरोना संक्रमण पुष्टि भएका दुवै व्यक्ति नगराइन नगरपालिका–९को घोडघासका बासिन्दा रहेको प्रदेश नं २को स्वास्थ्य शाखाका निर्देशक हरिशचन्द्र साहले जानकारी गराए ।

ती दुईजनाको कन्ट्र्याक ट्रेसिङको कार्यका साथै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको  उनले बताए । 

ती दुवै व्यक्ति लकडाउनको अवधिमा चितवनबाट साइकल चढेर जनकपुर आएको जानकारी जनाइएको छ । उनीहरुलाई  नगराइनको स्थानीय क्वारेन्टाइनमा राखिएको थियो ।

यसैबीच,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आइबार बिहान जारी विज्ञप्तिका अनुसार रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब सो जिल्लामा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ