arrow

३१ वर्षीया कुश्माले महाकालीमा हाम फालिन्

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
mahakali-river.jpeg

दार्चुला । महाकाली नदीमा हाम फालेर दार्चुलामा एक महिला बेपत्ता भएका छन् । आइतबार मध्याह्न महाकाली नगरपालिका–७ धाप थालीगाडमा ३१ वर्षीया कुश्मा थापा नदीमा हामफालेर बेपत्ता भएकी छन् । हामफालेको छेउमा मोबाइल मात्रै भेटिएको छ । 

महिलाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । हामफालेको कारण भने खुल्न सकेको छैन ।
 
हामफालेको खबरलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी महाकाली नदीमा महिला खोज्न जुटेपनि भेट्टाउन नसकिएको जोशीले बताए । थापाको खोजीकार्य गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टलगायतको टोलीसमेत खटिएको थियो ।

यस्तै दत्तु, जौलजीविबाट लालीसम्मका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत नदी किनारमा परिचालन गरिएको भए पनि महिला फेला पार्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बन्दाबन्दीको समयमा जिल्लामा नदीमा बगेर मृत्यु भएको यो दोस्रो घटना हो । बन्दाबन्दीको समयमा जिल्लामा दुई दर्जन विभिन्न प्रकृतिका घटना घटेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ