- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उपत्यकाका तीन जिल्लामा सत्ताको ताबेदारी गर्दै पास वितरण गरिएको आरोप लगाएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सत्तासिन नेकपाको सिफारिसमा मनपरी ढंगले पास वितरण गरी उपत्यका बाहिरबाट मानिसहरु ओसारपोसारदेखि अन्य अवैध गतिविधी गर्ने व्यक्तिहरुलाई पास वितरण गरेको पूर्वमन्त्री भण्डारीले बताएका छन् । सत्ताको ताबेदारी गर्दै जथाभावी रुपमा पास वितरण गरिनु अत्यन्त गैरजिम्मेवार कार्य भएको उल्लेख गर्दै भण्डारीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी सिडियोलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन समेत माग गरेका छन् ।
त्यस्तै पूर्वमन्त्री भण्डारीले कोभिड १९ का कारण सर्वसाधारणले ज्यान गुमाई सकेको अवस्थामा पनि सरकार सर्वसाधारणको उपचार र कोभिड १९ को नियन्त्रणमा उत्तरदायी नभएको बताए।