arrow

विद्यार्थीहरु भन्छन्- सिमा मिचिएको हो कि बेचिएको ! (भिडियो)

झापामा विद्यार्थी सर्कलको सिमा बचाउ अभियान

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ जेठ ४ आइतबार
jhapa.PNG

झापा । झापाको गौरादह नगरपालिकाको गौरादह बजारमा युबा विद्यार्थीहरुले आज आइतबार  लिपुलेक लिम्पियाधुरा र कालापानी बचाउ अभियान अन्तरगत सान्तिपुर्ण बिरोध र्यालीको आयोजना गरेका थिए  । 

गौरादह बजारबाट सुरुगरिएको सान्तिपुर्ण बिरोध र्यालीमा लिपुलेक हाम्रो हो , सिमा अतिक्रम बन्द गर , भारतिय बिस्तारबाद मुर्दाबाद भन्दै नारा लगाउदै बजार परिक्रमा गरि  डिपु चोकमा पुगेर कोड सभामा परिणत भएको थियो ।

कोण सभामा बिचार राख्दै युबा विद्यार्थीहरुले भारत सरकारको हेपाहा प्रबृत्तिको  घोर भत्सना गरेका थिए । कोण सभामा आफ्ना बिचार राख्दै युबा विद्यार्थी पुर्ण बहादुर रानाले भारतले नेपालका ७१ ठाउँमा सिमाना मिचेको बिषय उठान गर्दै नेपालको पस्चिमी सिमाना महाकाली  अञ्चलको काली नदिको पुर्बी सिमाना सम्मको भु-भाग नेपालको पस्चिमी सिमाना रहेको र उक्त भुमिमा बसोबास गर्ने नेपालीहरुले नेपाललाई राजस्व तिरेको रसिद अझै सम्म प्रमाणको रुपमा रहेको अबगत गराएका थिए ।

कार्यक्रममा बोल्दै अर्का बक्ता महेन्द्र भट्टराईले भारतले नेपालको लिपुलेक मिचेर आफ्नो राजनितीक नक्सामा समाबेश गरेको बखत गत साल मङ्सिरमा  नेपालको दसगजा छेत्रमा विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेको प्रसङ्ग अबगत गराउदै आफुहरुले यश  बिषयलाई निरन्तर रुपले उठान गर्दै आएको र भारतले उक्त भुमी नेपाल लाई फिर्ता नगरे सम्म आगामी दिनमा  कडा रुपमा दबाब मुलक  आन्दोलनहरु अघि बढाउने उद्घोस गरेका छ्न ।

अर्को प्रसङ्गमा आफुहरुले देश महामारीमा होमिएको बेला प्रम अवस्थ रहदा वहाको  स्वास्थलाभको कामना   देशको यहि हबिगत हेर्न नभएर समृद्ध देश निर्माणका लागि गरिएको अबगत गराउदै आफुहरुले यश बिषयलाई  स्थानिय जनप्रतिनिधि र  सन्चार माध्यम मार्फत संघीय संसदबाट  दबाबपुर्ण ढंगले भारत सरकारको रबैयाको बिरोध र सामना गर्न अनुरोध समेत गरेका छ्न । 

रास्टिय धुन बजाइ सुरु गरिएको  युबा विद्यार्थी  सर्कल द्वारा आयोजित कार्यक्रम विद्यार्थी सन्दिप धमलाले सन्चालन गरेका थिए साथै  कार्यक्रममा योग ब खड्का , आदित्य भट्टराई , बाबुराम नेपाल लगायतले आफ्ना बिचार राखेका थिए । कार्यक्रममा अधिकाम्स बक्ताहरुले नेपालको सिमाना भारतले मिचेको हो कि नेपाल तर्फबाटै बेचिएको हो भनी नेपाल सरकार लाई प्रश्न गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ