arrow

प्रेस युनियन डोटी र कैलाली शाखाद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण

logo
प्रकाश बम, 
प्रकाशित २०७७ जेठ ५ सोमबार
Untitled-131.jpg

डोटी । नेपाल प्रेस युनियन डोटी र कैलाली शाखाले डोटीमा कार्यरत सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । युनियनले दिपायल र सिलगढीमा स्वास्थ्य सामग्री वितरण गरेको हो ।

नेपाल स्वास्थ्यकर्मी संघ डोटी र भागरथी निर्माण सेवा धनगढीको सहयोगमा सामग्री वितरण गरिएको हो । कोरोना विरुद्धको लडाईमा अग्रपंत्तिमा काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएको नेपाल प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।

जिल्लामा कार्यरत श्रमजिवी पत्रकारहरू आर्थिक र कोरोना संकट दुबैको सामना गरिरहेको अवस्थामा स्वास्थ्य सामग्रीले थोरै भएनी राहत पुगोस् भनेर वितरण गरिएको डोटी शाखा अध्यक्ष प्रकाश बमले बताए ।

स्वास्थ्य सामग्री वितरणमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बम, पत्रकार महासंघ डोटी शाखा अध्यक्ष योगेन्द्र बलायर लगायको सहभागिता रहेको थियो ।
अत्यन्तै सम्बेदनशील स्वास्थ्य क्षेत्रमा अग्रभागमा रहेर आमनागरिकलाई समाचार, सूचना र सन्देश प्रबाह गर्ने पत्रकार तथा सञ्चारमाध्यमहरुको भूमिका अतुलनीय रहेको केन्द्रीय सदस्य बमले बताए । 

“आमनागरिकलाई सुसूचित गराउँने पत्रकार तथा सञ्चारमाध्यमहरुको जोश, जाँगर र हौसलालाई बुलन्द गर्नु नै हाम्रो अभिप्राय हो ।” बमले भने, “कोरना भाइरसको महामारीले आमनागरिकलाई त्रसित बनाइरहेको बेला पत्रकार तथा सञ्चारमाध्यमहरुले आफू सुरक्षित रहेर आमनागरिकलाई बचाउने समाचार, सूचना र संन्देशलाई पहिलो प्राथमिकतामा राखेर प्रकाशन, प्रशारण र प्रदर्शन गर्न अनुरोध गर्दछु ।”

डडेल्धुराका पत्रकारहरूलाई पनि स्वास्थ्य सामग्रीहरू वितरण गरिने अध्यक्ष देउवाले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ