arrow

स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति निजामती कर्मचारी युनियनको आपत्ति

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
Untitled-132.jpg

काठमाडौं । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि भएको दुर्व्यवहारप्रति नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आपत्ति जनाएको छ । 

कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री लिन काठमाडौं आउँदै गर्दा गत जेठ २ गते शुक्रबार नागढुंगा नाकामा रहेका अनधिकृत व्यक्तिले सुरक्षा जाँच गर्ने निहुँमा उनीमाथि अपमान गरिएकाले यो निन्दनीय र अशोभनीय भएको भन्दै संघले आपत्ति जनाएको हो । 

यो घटनाबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै युनियन संघले घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कार्वाही गर्न जोडदार मागसमेत गरेको छ । 

कोरोना भाइरसको महामारीका बेलामा जीउज्यानको पर्वाही नगरी आम नागरिकको स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण अभियानमा खटेका राष्ट्रसेवकप्रति गरिएको यस खालको व्यवहारले आम कर्मचारीलाई हतोत्साही र त्रसित बनाएको संघको ठहर रहेको अध्यक्ष गोपाल प्रसाद पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ