arrow

नेपाली शान दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप

logo
सुरज भण्डारी, रासस, 
प्रकाशित २०७७ जेठ ५ सोमबार
diwesh-pokharel-american-id.jpg

टेक्सस । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बनेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् ।  

छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए । 

मतमार्फत अघि बढ्ने चरणमा समेत उनले उत्साहप्रद मत प्राप्त गरेका थिए । उनको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो । विश्वभर छरिएको नेपाली समुदायबाट उहाँलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभारसमेत व्यक्त गर्नुभएको छ । 

गत सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट हुनुभएको थियो । फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउने दिवेश छ वर्षअघि अमेरिका आएका थिए । 

काठमाडौँमा जन्मिएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम  ‘ग्रहण’ सार्वजनिक गरेका थिए । 

दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जितेकी छन् । 

उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ