arrow

दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेपछि दिए डा चन्द्र भण्डारीले बधाई 

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले दिवेश पोखरेललाई बधाई दिएका छन् । सोमबार उनी अमेरिकन आइडलको उपविजेता बनेपछि डा भण्डारीले बधाई दिएका हुन् । 

नेता भण्डारीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘नेपाली विश्वका हरेक मन्चमा नेपालको पहिचान राख्न सफल भैरहेका छन् । त्यसमध्ये अन्तिम युवा बन्नु भएको छ दिवेश पोखरेल । उहाँ अमेरिकन आइडलमा भोटिडका आधारमा उपविजेता बन्न सफल हुनुभएको हो । यो नेपालको मात्र होइन एशियाकै गौरव हो ।’

भण्डारीले थप लेखेका छन्, ‘नेपाली पहिचान राख्न सफल पोखरेललाई हार्दिक बधाई तथा शुभकामना । नेपालको शान बढ्दैछ देश खुम्चिदैछ। अरुका भरियालाई आफ्नो मानेर लोभको भाडो भोर्नुछ ।’

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् ।  

छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए । 

मतमार्फत अघि बढ्ने चरणमा समेत उनले उत्साहप्रद मत प्राप्त गरेका थिए । उनको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो । विश्वभर छरिएको नेपाली समुदायबाट उहाँलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभारसमेत व्यक्त गर्नुभएको छ । 

गत सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट हुनुभएको थियो । फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउने दिवेश छ वर्षअघि अमेरिका आएका थिए । 

काठमाडौँमा जन्मिएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम  ‘ग्रहण’ सार्वजनिक गरेका थिए । 

दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जितेकी छन् । 

उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ