arrow

अत्यावश्यक झै लकडाउनमै निस्कियो गुट्खाको ट्रक, सीडीओ र एसपीले ५ सयमै छोडे

माछा र वाख्रा पालन गर्ने कम्पनी गुट्खा तस्करीमा लाग्दा पायो उन्मुक्ती

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ५ सोमबार
sarifa-arsa-gutkha.gif

बर्दिया। कुनै पनि व्यवसाय गर्न कम्पनीमा दर्ता हुनुपर्छ। त्यसपछि कुन पेशा व्यवसाय गर्ने हो त्यसका आधारमा सम्वन्धित संस्थाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ। 

मदिरा कारोवारको लागि सूर्तीजन्य बस्तुको कारोवारको लागि अनुमति लिनुपर्ने वाध्यकारी व्यवस्था छ। यस्तो अनुमति नलिइ कारोवार गरिएमा त्यसलाई अवैध मानिन्छ। अवैधको कारोवार गर्नेको हकमा कानुनले कार्वाही तय गरेको छ। 

यसका लागि सम्वन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रहरी र अन्य अधिकारीहरुको व्यवस्था गरिएको छ। उनीहरुले उचित काम कार्वाही गर्लान भन्ने अपेक्षा आम सर्वसाधारणको हुने गर्छ। तर जिम्मेवारीमा रहेकाहरुमाथि नै प्रश्न उठे के गर्ने? हो यस्तै प्रश्न अहिले बर्दियाका प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी उपरीक्षक (एसपी)माथि उठेको छ। 

प्रश्न उठ्ने कारण कोरोनाको कारणले जारी लकडाउनकै बीचमा ल्याइएको १६० बोरा मेघाश्री गुट्खा हो। गत वैशाख २६ गते न्यू मोनिका इन्टरप्राइजेज कैलालीबाट १४ लाख ४० हजारमा सरिफ सप्लायर्स र अंश सप्लायर्सले खरीद गरि ना ५ ख ७८५७ गाडीमा रातको १ बजे ल्याइएको गुट्खा वाँसगढीको प्रहरीले नियन्त्रणमा लियो। 

लकडाउनको बेलामा अत्यावश्यक बस्तुहरु मात्र ओसारपार गर्ने छुट छ। गुट्खा अत्यावश्यक वस्तुमा नपर्ने भएपछि वाँसगढीको प्रहरीले सो गुट्खाको ट्रक रोकेको थियो। 

कैलालीबाट बाँकेको नेपालगन्जतर्फ मेघाश्री गुट्खा लैजादै गरेको अवस्थामा बाँसगढी नगरपालिका वडानम्बर ५बाट ना.५ख.७५८६ नम्बरको ट्रक सहित गुटखा बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले वताएका थिए।

एकातिर लकडाउनमा गुट्खा ओसारपसार भएको थियो भने अर्कातिर अनुमति नै नभएको कम्पनीले गुट्खा ओसारेको थियो। सूर्तीजन्य पदार्थको कारोवार गर्ने कम्पनी नभई वाख्रापालन र माछापालनको काम गर्ने फर्मले ठूलो मात्रामा गुट्खा ल्याउँदा ती कम्पनी नियमानुसार कार्वाहीको भागीदार हुन्थे। तर गुलरियामा बसेका सीडियो प्रेम लामिछाने र एसपी केदार रजौरेले मन ठूलो बनाउँदा कार्वाहीको भागीदार कम्पनीहरु ५ सय जरिवानामा छुटेका छन्। 

तर जिल्ला प्रसासन र जिल्ला प्रहरी कार्यालयका कर्मचारीहरु ५ सय जरिवानामा कुरा मिलाएको देखाइएपनि भित्री रुपमा अरु ठूलो खेल भएर केस मिलाएको दावी गर्छन। हुन पनि सुर्तीजन्य वस्तु खरिद गर्ने लाइसेन्स नभएको र भ्याटमा समेत दर्ता नभएको कम्पनीले ठूलो मात्रामा सूर्तीजन्य पदार्थ नत्र कसरी आयात गर्ने र सानो रकम जरिवाना तिरेर छुट्न सक्छ भन्दै कार्यालयका कर्मचारीहरु नै प्रश्न गर्न थालेका छन्। 

यहि मेघाश्री ब्राण्डमा पटक पटक राजस्वले छापामारी करोडौं जरिवाना समेत हुँदै आएको छ। तर बर्दियामा अनुसन्धान नै नगरी छोडिएको घटनाले परिस्थिति थप रहस्यमय बनाएको छ। 

स्रोतका अनुसार माछा पालन, बाखा पालनको फर्ममा सुर्तीजन्य वस्तु मगाउने र बस्तु सम्बन्धित ठाउँमा पुर्‍याइ सकेपछि फिर्ता गरी बिल रद्ध गर्ने पाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ