arrow

सरकारले ‘सबैको जीवनरक्षा गर्न सफल भयौं’ भनेकै अघिपछि धमाधम मुत्यु 

जनताको माँग –महामारीबाट जीवन रक्षा:  सरकारको प्रस्ताव –रेल र पानी जहाज !

logo
केदार सुवेदी, 
प्रकाशित २०७७ जेठ ५ सोमबार
corona-niti.jpg

मृत्युञ्जयी र मृत्युको घोषणा  

राष्ट्रपति विद्यादेवी भण्डारीले  संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै ‘अहिलेसम्म यस (कोरोना) रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं’ (बुँदा नं ७)  भन्ने घोषणा गरिन । राष्ट्रपतिले संसदको भव्य बैठकमा राजकीय रुपबाट नै सरकारलाई यस्तो ‘मृत्युञ्जयी’ को संज्ञा दिइरहँदाको क्षणमा नै उता कोरोनाको संक्रमणबाट  ज्यान गुमाएकी एक महिलाको शव धुलिखेल अस्पतालको एउटा कुनामा थन्किरहेको थियो । 

सरकारले ‘सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं’ भनी यस्तो घोषणा शुक्रबार अपरान्ह गरको हो राष्ट्रपतिको मुखबाट । यो भनेको यो देशमा मृत्युलाइ सरकारले नै प्रवेश हुन नदिएको भनी आमनागरिकले बुझिदिउन र भनिदिउन भन्ने सरकारको अभिलाषा रहेको हुनुपर्छ  तर विहिबार साँझ नै ती महिलाको कोरोना संक्रमणबाट नै ज्यान गैसकेको थियो । कोरोनालेनै उनको मृत्यु गराएको भन्ने कुरा यो ‘जीवन रक्षा गर्न सफल भएका छौं’ भनिएको भोलीपल्ट सरकारले नै यो मृत्युको घोषणा गरको हो । यी महिलाको मृत्यु भएको ठाउँ धुलिखेल अस्पताल  राष्ट्रपतिले राजकीय रुपमा सरकाको यस्तो नीति र कार्यक्रम प्रस्तुत गरेको स्थल सभागृहबाट धेरै टाढा होइन । यो ठाउँबाट त्यस्तोघोषणा हुँदा ती महिलाको यो महामारीबाट ज्यान गएको सामान्य पनि २४ घण्टा वितेको अवस्था थियो । नेपालका लागि कोरोनानबाट कसैको मृत्युभएको यो पहिलो घटना हो । निश्चयनै कसैको मृत्युको घटना दुखद नै हो ।  घटना जतिसुकै अपृय होस त्यसको जानकारी त राज्यले राख्नै पर्छ । त्यतिपनि गरेको देखिएन । 

भोलिपल्ट दोस्रो मुत्यु 

उल्लेखित यो घटना सिंहदरवारबाट हेर्दा देखिने ठाउँको हो ।  सरकारले आफुलाई ‘सबैको जीवन रक्षा गर्न सफल’ भनी यस्तो घोषणा गरेको पर्शीपल्ट आइतबार विहान  झिसमिसेमै बाँकेको क्वारेन्टिनमा रहेका एक युवकको मृत्यु भयो । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका युवकको कुरा हो यो । 

विवरण अनुसार गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको थियो जसको पुष्टी गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजकले नै गरे । उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो । 

क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगे  । यो समाचारले नै भन्छ वास्तवमा नै कोरोनाको संक्रमणकाबारे सरकार कुनै खोजखवरमा छैन । तरपनि आफूलाइ ‘सबैको जीवन रक्षा गर्न सफल भएको’ मानिरहेको छ । क्वारेन्टिन भनेको सरकारको निगरानीको क्षेत्र हो । कोरोना पुष्टीभएकी महिलाको पनि समयमा उपचार नपाएर मृत्यु भएको भन्ने समाचार आयो । प्रमुख प्रतिपक्षीदलका नेताले नै यो कुराको जानकारी गराएका हुन संसदमा । दोस्रो मृत्यु त झनै ठूलो लापरवाही बाट भएको थियो । वताइए अनुसार यिनी बिमारी र केही सिकिस्त देखिउपछि एम्वुलेन्स बोलाइएको थियो उपचारका लागि अस्पताल लान तर सुरक्षा सामाग्री(पीपीइ) नभएकोभनी एम्वुलेनस आएन । यो अवस्था भनेको सरकारको अव्यवस्था को चरम अवस्था हो जसका कारण एक संक्रमितको उपचारको अभावमा मृत्यु नै भयो । 

मृत्युका यी दुइ विवरण सरकारका नीति र कार्यक्रम संगै प्रकटभए । यसमा त्यो नीति र कार्यक्रममा दावी गरिएका कुराहरुको प्रतिकात्मकरुपले पनि भिन्न चित्र देखिन्छ । यो नीति र कार्यक्रम इतिहासकै लामो थियो तर विषय चाहिँ यस्ता गलत दावीबाट भरिभराउ । यो कार्यक्रमका बारे संसदमा के भनियो भन्ने एउटा विवरण –   

सरकारको सन्देश नै गलत 

जुन ठाउँमा बसेर राष्ट्रपति मार्फत सरकारले आफुलाइृ  ‘सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं’ भन्ने घोषण गर्न लगायो तयही नेर उभिएर विपक्षीदलका नेता (नेका सभापति शेरबहादुर देउवा) ले यतिबेलाको देशको वस्तुस्थितिलाई उधिने जोकतैबाट पनि सकारात्मक देखिएन ।  ती नेताको भनाई–   

‘म परिक्षण सामग्रीको अभावमा कोरोना परिक्षणको प्रतिक्षामा बसेका नागरिकहरु र भाईरसको महामारीले आफु र परिवारलाई कसरी जोगाउने, प्रकोप बढ्दै गए स्थिति के होला, यस्ले मुलुकलाई के गर्ला भनेर संन्ताप र त्रासमा बसेका नेपाली दिदिबहिनी, दाजूभाईको मनोदशा स्मरण गरिरहेको छु । अनि हिजो मात्रै समयमै उपचार नपाएर कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककि सुत्केरी महिला, उनको काखको शिशु र उनको परिवारको मनोदशा सम्झिरहेको छु । 

सरकारले यी सबैलाई आफु अभिभावक भएको अनुभूति गराउनु पर्ने समय हो ।  हाम्रो अपेक्षा थियो सरकारले ल्याउने नीतिले यस्ता सबै विषयलाई सम्बोधन गर्नेछ । सरकारका कार्यक्रमले स्रोत साधनको समुचित व्यवस्थापन गरि समस्याको उचित समाधान गर्नेछ । तर सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको छ ।

पहिलो सन्देश यो सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन । दोस्रो, सरकारलाई जनताको दुखः प्रति कुनै वेदना छैन र जनताको पिडा बुझ्न सक्ने हृदय छैन । तेश्रो, सरकारसंग यो अप्ठेरो बेला भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यवाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पना जस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको छ ।’ 

लकडाउन र कार्यक्रम 

सरकारले आफनो वार्षिक नीति र कार्यक्रम  घोषणा गर्दा देशमा कोरोना संक्रमण रोक्न भनी गएिको  निरन्तर लकडाउनको दुइ महिना पुग्न पाँच दिन बाँकी थियो । यो कार्यक्रम घोषणा गरेको पर्शिपल्ट त लकडाउनको छैठौँ पल्ट म्याद थपियो । यस्तो बेला यो कार्यक्रम यो महामारी प्रति नै केन्द्रित होला भन्ने अपेक्षा थियो आमतहमा तर त्यस्तो भएन । कतिसम्म भने सामान्य अवस्थामा पनि नगरिएको विकास  निर्माणका कुराका तामझामको थुप्रोनै लगाइयो । जसले घरमा वन्दी र सरकारी क्वारेण्टिनमा बसकेको एउटा नागरिकले सरकारबाट जस्तोअपेक्षा गरेका थिए त्यो जञ्जालमा आफुले खोजेको कुरा कहाँ पाउलान भन्ने नै यति बेलाको सबैको चासो र चिन्ताको विषय बन्यो । संसद देखि सडक सबैतिर यस्तैप्रतिकृयाहरु आइरहेका छन ।  

संकटको बेला कागजको ठेला 

देशमा यत्रो महामारी फैलिलएको बेला सरकारले आफनो नीति र कार्यक्रम ल्यायो । यो नीति र कार्यक्रम यस्तो भयो  कि यसका कुनै बुँदा सच्याउने भन्दा पुनर्लेखन नै हुनुपर्ने माँग भयो प्रमुख प्रतिपक्षी दलले सरकारले ल्याएको नीति तथा कार्यक्रमको पुनर्लेखनको माग गरेको छ त्यसमा सबै २७६ वटा बुँदाहरुनै परे । यो संसोधनमा भनियो –कोरोना महामारीका कारण देखिएको स्वास्थ्य चुनौती, गुम्दै गएको रोजगारी, व्यवसायिक क्षेत्रमा परेको असर र त्यसको राहत र कोरोनाको महामारीका कारण अर्थतन्त्रमा देखिनसक्ने असन्तुलन जस्ता अहिलेको महत्वपूर्ण विषय नीति तथा कार्यक्रममा नसमेटिएकोले पुनर्लेखन नै हुनुपर्छ । यस्तो माग किनभयो होला भने यतिठूलो ठेलीमा कुनै गुदी भेटिएन । 

यो आगामी आर्थिक वर्षको कार्यक्रम हो । यो यति लामो भयो, यस अघि कहिल्यै यस्तो थिएन जस्तो २०७३–७४ को नीति तथा कार्यक्रम १३८ बुँदाको थियो । २०७४–७५ को कार्यक्म चुनावी थियो जो शेयरबहादुर देउवा नेतृत्वको सरकार थियो त्यो कार्यक्रम ३९ वटा बुँदामा समेटिएको थियो । पहिलो आम चुनावपछि का वितेका ३ वर्षमा १०३ र २३९ बुँदाका थिए । अहिले त्यो बढेर २७६ बुँदामा आयो । यसको पृष्ठ पनि ६३ को छ भने यसलाई राष्ट्रपतिले संसदमा प्रस्तुत गर्न २ घण्टा ३४ मिनेट लागेको थियो ।  

देखाउन मात्रै खोजेजस्तो 

यो पढिँदाको दृश्य पनि त्यस्तै थियो । संसदमा कोही निदाइरहेका कोही हाइहाइ गरिरहेका । राष्ट्रपति आफै थकित देखिन्थन । घरीघरी त उनी पनि पढदापढदै निदाइन कि जस्तोपनि लाग्थ्यो ।  प्रस्तुत कार्यक्रम आकर्षक थिए भने यस्तो हुने थिएन होला । 

सरकारको यो नीति तथा कार्यक्रम पढिरहदा सुन्नेलाइनै के लागेको हुनुपर्छभने यो कार्यक्रम सरकारले काम गर्नका लागि ल्याएको होइन । अलिपछि यस्तोयस्तो गर्नेभनिएको थियो तर कोरोनाले गर्न दिएन भन्ने मेलो बनाउन यो रुपमा कार्यक्रम आएको माने विज्ञहरुले नै । यस्तो विगतमा पनि भएको छ । गएको नयाँ वर्षको प्रधानमन्त्रीको शुभकामना सन्देश पढियोभने त्यसले पनि यो कुरालाई पुष्टी गर्छ । त्यो शुभकामनामा कोरोना नभएको थियो भने यतिबेला के के भैसक्ने थियो भनी विगत दुइवर्षमा नभएका कुराहरु कोरोना नआएको भए यो दुइमहिननमा भैसक्ने थियो भन्ने उल्लेख छ । आरोप जस्तो लाग्छभने २०७७ को नयाँ वर्षमा प्रधानमन्त्री ओलीले दिएका  शुभकामना पढौं । 

देशको वस्तुस्थितिका बारे नागरिक र सरकारको बुझाइमा धेरै नै भिन्नता देखियो । यही कार्यपत्रमा देशमा यतिबेला सरकारको स्पष्ट रणनीति र कार्यशैलीका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउन नपरेका भन्ने उल्लेख छ तर नागरिक चाहिँ सरकारी  अव्यवस्थालाई नै सधैभरी गाली गरिरहेका छन जताततै नै । यस्तो अव्यवस्था औषधी उपकरणको अभावमा मात्र होइन क्वारेण्टिन, आइसोलेशनदेखि विदेशमा रहेका नेपालीहरुको पुकारा नसुनिदिएको अवस्था आदिमा जतातै प्रकट भैरहेकोछ । त्यस्तो बेला सरकारले मृत्युलाइ जितेकोसम्म भनेर आफुलाई आफैले जस दिएको घटनालाई नागरिकले रुचाएनन । 

तीस वर्षमा पहिलो निरर्थक 

वितेको ३० वर्षदेखि निरन्तर संसदमारहेका उकजनाासंस प्रदीप गिरीका नजरमा सरकारको नीति र कार्यक्रम कस्तो ? 

‘सोह्रै आना यस्तै नभए पनि यस्तै सदनमा म विगत ३० वर्षदेखि बोल्दैछु । र, राष्ट्रपतिको सन्देशका नाममा औपचारिकरुपमा पेश गरिएको यस किसिमको दस्तावेजमा सधैँ बोलेको छु । तर, यसपल्ट जस्तो व्यर्थता, निरर्थकता र निराशाको अनुभूति आजअघि मलाई कहिल्यै पनि भएको थिएन ।

मानवताको इतिहासमा द्वितीय महायुद्धभन्दा, एटमबम्बले ल्याएको खतराभन्दा बढी खतरा कोरोनाले ल्याएको छ । त्यस्तोबेला यो गरिनेछ, त्यो गरिनेछ ! बाफ रे । अब गरिने गरिनेको लिस्ट ! ३० वर्षको मेरो संसदीय कार्यकालमा यत्रो ज्यादा गरिनेछ भन्ने कहीँ मैले पढेको थिइनँ । यसरी नै गरिनेछ, गरिनेछ गरियो भने गरिनेको ठाउँमा मरिनेछ लेख्नुपर्छ केही दिनपछि । जुनकुरालाई सम्बोधन गरेर, त्यो मरिने खतरालाई हटाएर गरिने कुरा गर्नुपर्ने हो, त्यसबारेमा पूर्णरुपेण मौन छ । र, जिम्मेदारीबाट पन्छिनका लागि भ्रष्टाचार र सुशासन शब्दको नाममात्र उल्लेख छ ।

प्राध्यापकले भने हावा कार्यक्रम 

काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक अर्थविद विश्व पौडेलले  सरकारको यो नीति तथा कार्यक्रमलाइ ठाडै  हावा  भने । उनलाई पहिलेनै शंका लागेको रहेछ यस्तो कार्यक्रमा आउदैछ भन्ने । त्यसकारण उनले अनुरोध नेगरे – हावा घोषणा गरेर मुलुकको विकासलाई प्रहसनको हिस्सा नबनाऔँ ।  हावा कुराहरु नीति तथा कार्यक्रम घोषणा गरेर हाम्रो गरिब मुलुकको विकासलाई प्रहसनको हिस्सा नबनाऔं ।

जेठ २ अपराह्न ४ बजे राष्ट्रपतिले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कायक्रम थियो । त्यस अघिनै पौडेलले यस्तो हावा कुरा नगरौं भनी आफनो फेसबूकमा लेखेका थिए । तयसमा उनले गत वर्षको नीति तथा कार्यक्रमलाई उदाहरण दिँदै अहिलेको चलन सच्याउन भनिएको थियो । तर सच्चिएन । बरु पहिलो र दोस्रो वर्षका त्यस्ता कार्यक्रमलाई जस्ताको तस्तै सारेर प्रस्तुत गरियो ।   

‘सरकारले लेखेर राष्ट्रपतिलाई दिने नीति तथा कार्यक्रम हाम्रो मुलुकका सर्वभौमसत्तासम्पन जनताले चुनेका जननिर्वाचित सांसदहरुको अगाडि सार्वजनिक रुपमा वाचन गरिन्छ । यसको गरिमा हामी सबैले राख्नुपर्छ । झूटो कुरा गर्ने, नसक्ने वाचा गर्ने गर्नुहुँदैन ।’ 

उनले विगतमा कस्ता झुटा कुरा आएछन भनी दुई वर्षअघिको नीति तथा कार्यक्रममा राखिएका तीन बुँदा हेर्न भनी उदाहरण दिएका थिए  । त्यसमा (क) गत वर्षको नीति तथा कार्यक्रमको बुँदा ५९ मा एक वर्षभित्र गौतमबुद्ध क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइनेछ । (ख) बुँदा ४९ मा महत्वपूर्ण राष्ट्रिय राजमार्गहरुलाई एक्सप्रेस हाइवेको रुपमा विकास गरिनेछ । (ग) बँदा ४१ मा पूर्व–पश्चिम राजमार्ग र रसुवागढी–काठमाडौं–वीरगञ्ज करिडोरहरुमा ७६५ केभी प्रसारण क्षमताको प्रसारणलाइन निर्माण गरिनेछ । समय तोकेर लेखिएको (क) आज दुई वर्ष भइसक्दासम्म सञ्चालनमा आएको छैन । (ख) र (ग) को कुनै सुरुवात अत्तोपत्तो छैन । 

‘यसरी हावा कुराहरु लेख्ने हो भने न राष्ट्रपतिको, न संसदको र न हाम्रो गरिमा रहनेछ, साँच्चैको नीति तथा कार्यक्रम सुन्ने प्रतीक्षा छ ।’ तर उनको यो प्रतिक्षा पुरा भएन । राष्ट्रपतिले तिनै हावाकुरा पढिन लामो समय लगाएर । ६३ पृष्ठको पुस्तक पढिसक्न कतिसमय लाग्ला भन्ने त प्रायः सबैले  अनुभव  गरिएकै हुनुपर्छ । 

उनको यो सामाजिक सञ्जाल मान्छेका हातमा पुग्दानपुग्दै संसदमा नीति र कार्यक्रम पढन थालियो । त्यसका पानाहरु पल्टदै जाँदा यो सरकरको पहिलो वर्षमा लेखिएको भाषा नै हुवहु हुनेगरी दर्जनौ आयोजना दोहोरिएका रहेछन आगामीवर्ष गरिने छ भन्दै । त्यसैमा पौडेलले उदाहरण दिएका विवरणहरु पनि जस्ताको तस्तै परे । 

कसैले अध्ययनगर्न चाहेमा सामग्री उपलव्ध होस भनेर यो ठाउँमा प्रस्तुत भएको हो । पौडेलको प्रतिकृयालाई आधारमान्ने हो भने सरकार प्रत्येक पछिलला दिनमा ढाटने, छल्ने र पुरानहुने आश्वासन बाढ्नेमा तीव्रगतिमा अघिबढी रहेकोछ । त्यसको प्रमाण सरकारको यो तेस्रो वार्षिक नीति तथा कार्यक्रम आफै पर्याप्त होला । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ