arrow

प्रेस युनियन सुनसरीले १ सय ५० पत्रकारको लागि एक लाखको कोरोना वीमा गर्ने

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
press-union-insurance.gif

बिराटनरगर। प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ। कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल  गरि १५० जना पत्रकारको निःशुल्क वीमा गर्ने कार्र्यक्रम सुरु गरेको हो ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन र आईएमई जनरल इन्सुरेन्सबीच पत्रकारलाई वीमा गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार पत्रकारलाई कोरोना भाइरसको लक्षण  देखिएमा १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

सम्झौतामा युनियनका तर्फबाट अधिकारी र इन्सुरेन्सका मार्केटिङ प्रदेश संयोजक विमलकुमार रन्जितकारले हस्ताक्षर गरेका छन् । इन्स्योरेन्सको बिराटनगरस्थित क्षेत्रिय कार्यालयम एक कार्यक्रमका बिच प्रेस युनियनका अध्यक्ष अधिकारी र रञ्जितकार बिच पत्रकारको बिमा गर्ने सहमति आदानप्रदान भएको हो।

कार्यक्रममा अध्यक्ष अधिकारीले सामान्य राहत किन्न समेत अप्ठारो परिरहेको अवस्थामा यस बिमाले ठुलो टेवा पुग्ने र परिवारलाई समेत राहत महशुश हुने जिकिर गरे । सुनसरीका  दक्षिणि नाकाहरु भारतसँग जोडिएकाले निकै संबेदनशिल भएर रिपोर्टिगं गर्नुपर्ने बाध्यतासंगै जिल्लापनि रेड जोनमा परिसकेकाले बिमा आवस्यक भएको अधिकारीको भनाइ छ ।

हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट संयोजक रञ्जिकारले सस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोराना बिमा कार्यक्रम प्रेस युनियनक सुनसरीसंगको सहकार्यमा गरेको जानकारी गराए ।

कार्यक्रममा पत्रकार महासघं प्रदेश १ का महासचिब बिबेक गौतमले युनियन सुनसरीले गर्ने लागेको बिमा कार्यक्रमले जिल्लाभरका पत्रकारहरुले फाइदा लिने बताए ।

युनियन सुनसरी पत्रकारहरुको पेशागत हक हित एवम सुरक्षाका बिषयमा गम्भिर भएर लागेको गतिलो उदाहरणका रुपमा यस बिमा योाजनालाइ लिन सकिने महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेलले बताए । उनले सरकाले समेत यस्तो महामारीले पत्रकाहरुको शुरक्षाका लागि चिन्तित भएर लाग्नुपर्ने कुरामा जोड दिए।

कार्यक्रममा इन्स्योरेन्सका इटहरी व्यवस्थापक भोजराज अधिकारी, विराटनगरका व्यवस्थापक सुनिल ठाकुर लगायतको समेत उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ