arrow

नयाँ उद्योग खोलेर लाखौंको संख्यामा रोजगारी दिन्छु भन्नु सरकारको ‘दिवासपना’:सांसद बिनोद चौधरी

'अहिलेको प्राथमिकता बाच्नु र बचाउनु'

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
binod-chaudhary-mp-nc.jpg

काठमाडौं। संघीय संसदका सदस्य तथा उद्योगपति विनोद चौधरीले निम्न आय भएका श्रमिक, मजदुरलाई कोरोनासगै भोकबाट बचाउन आवस्यक रहेको बताएका छन्। “सरकारले नीति तथा कार्यक्रममा थुप्रै नयाँ र पुराना योजना ल्याएको छ,” प्रतिनिधिसभाको सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै सांसद चौधरीले भने, “तर, दैनिक हातमुख जोर्न  नागरिकको सुरक्षामा संवेदनशील नदेखिएको बताए । रिक्सा चलाउने, मजदुरी गर्ने, नाङ्लो पसल गर्ने वर्ग कोरोनाभन्दा पहिले भोकबाट मरिने त्रासमा बाँचिरहेको छन। उनीहरूलाई जोगाउने पहल गर्न ढिला गर्नु हुदैन।”

अहिलेको प्राथमिकता भनेको बाँच्नु र बचाउनु नै हो । महामारीले रोजगारी गुम्दैछन् । उद्योगधन्दा बन्द छन् । दिनहुँ हातमुख जोर्नुपर्ने बाध्यता भएका कामदार, नाङलो पसल, रिक्साचालक तथा समाजको हरेक वर्ग कामविहीन बन्दा भोक भोकै परेका छन् । एकातर्फ कोभिड-१९ को त्रास तथा अर्कोतर्फ भोकले मरिने हो कि भन्ने चिन्ता नागरिकमा बढेको बताए।

सांसद चौधरीले भने, उद्योग सञ्चालन हुन नसकेको अवस्थामा नयाँ उद्योग खोलेर रोजगारी दिन्छु भन्नु सरकारको ‘दिवासपना’ मात्रै भएको टिप्पणी गरे। सरकारले खोल्ने निर्णय गरे चल्न सकेका छैनन्,  खुलेको उद्योग पनि चल्न सक्ने अवस्थामा रहेका छैनन् । भोलीको दिनमा नयाँ उद्योग खोलेर विदेशबाट फर्किएका तथा स्वदेशमा नै रहेकालाई नीति तथा कार्यक्रममा लाखौको संख्यामा रोजगारी दिने सरकारको आश्वासन ‘दिवासपना’ बाहेक केही हैन्।

उनले बेरोजगारलाई रोजगारी दिन  तथा कृषि उत्पादकत्व बढाउन सरकारले विशेष अनुदानको व्यवस्था गर्नुपर्ने बताए। नेपाली उत्पादन नै उपभोग हुने अवस्था श्रृजनाका गर्न समेत ध्यान दिनुपर्नेमा जोड दिए। नेपालको कृषि उत्पादन भारत र चाइनाको तुलनामा ३० प्रतिशत भन्दा बढी महँगो पर्ने भएकाले मुल्य भिन्नताको खाडल सामान्य नीतिले मात्रै पुर्न नसक्ने उनको दावी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ