arrow

कोपिला हेर्दा संकलन भएको १० प्रतिशत रकम स्वर्गिय बालिका निर्मला पन्तको परिवारलाई

निर्मला पन्तको हत्याकाण्डमा आधारित चलचित्र ‘कोपिला’ सिनेमा डीस होममा 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ५ सोमबार
Kopila-Nirmala-Pant.gif

बागलुङ । कोरोनाको विश्वव्यापी महामारीको असर चलचित्र क्षेत्रमा पनि परेको छ । देशमा लकडाउनका कारण सिनेमाहलहरु बन्द अवस्थामा छन् । रिलिजको लागि तयार भएका सिनेमाको प्रदर्शनमा ठुलो क्षति पुर्‍याएको छ । अहिले चलचित्र क्षेत्र धरासयी भएको छ । कोरोना मत्थर हुने टुंगो नै नभएपछि विश्वभर सिनेमा रिलिजको नयाँ बाटो खोज्न थालिएको छ ।

बलिउडका लगायतका केहि सिने उद्योगले टेलिभिजन र इन्टरनेटबाट सिनेमा रिलिजको तयारी गरिरहेका छन् । नेपालमा पनि चलचित्र क्षेत्रमा परेको संकटको बारेमा चलचित्रकर्मीहरु छलफल चलाईरहेका छन । केही चलचित्रहरु सिनेमाहलमा प्रदर्शनको तयारीमा रहेको र प्रदर्शन गर्न नपाएको अवस्थामा उनिहरुले विभिन्न संचार माध्यमबाट आफ्ना सिनेमा प्रदर्शनको तयारी गरेका छन ।

यस्तैमा हलमा प्रदर्शनको तयारी रहेको र कोरोना संकटका कारण प्रदर्शन हुन नपाएको सिनेमा ‘कोपिला’ डिसहोम टेलिभिजनको च्यानल नम्बर १०८ मा रिलिज भएको छ । बैशाख ३० गतेबाट डिसहोम टेलिभिजनमा प्रदर्शन भइरहेको चलचित्रमा दुई वर्ष अगाडी कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मल पन्तको बलात्कार र हत्यामा आधारित रहेको चलचित्र निमार्ण पक्षले जानकारी गराएको छ ।  

दैनिक ८ शो प्रशारण हुने उक्त सिनेमा निर्मलाको बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधि पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई उतारिएको निर्देशक शिवम अधिकारीले जानकारी दिए । दर्शक माझ सिनेमाको माग धेरै भएकाले उहाँहरुको सजिलोको लागि डिसहोममा रिलिज गर्न लागिएको निर्माता तथा कलाकार गणेश गिरी बताउँछन्।

गणेश गिरी, मनिराज गौतम र सुभाष काफ्लेको संयुक्त निर्माणरहेको चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय हेर्न पाउने भएका हुन् । कोरोना भाईरसको कारण भएको लकडाउनले सिनेमा हल संचालनमा आउन ढिलाई हुने भएका कारण लकडाउनमा बसेका दर्शकहरुको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानल मार्फत प्रर्दशन गर्न लागिएको चलचित्रका निर्देशक शिवम अधिकारीले बताए ।

लकडाउनकै बीच दर्शकको चाहनालाई मध्यनजर गरी डिसहोम मार्फत ‘कोपिला’ चलचित्र प्रर्दशन गरिएको निर्माता गणेश गिरी बताउँछन । कलावती फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको यस चलचित्रको लेख तथा निर्देशन शिवम अधिकारीको रहेको छ भने गणेश गिरी सरिता गिरी, सन्जिबनी खरेल जुनिफर पौडेल रिद्धिचरन श्रेष्ठ र राखी क्षेत्री लगायतका थुप्रै कलाकारहरुको अभिनय रहेको छ । सिनेमामा दीपक शर्माको संगीत, बन्दे प्रसादको सम्पादन र रामेश्वर कार्कीको डिओपी छ । 

डिसहोम टेलिभिजनबाट प्रशारण भएको यो चलचित्र शोबाट जम्मा भएको १० प्रतिशत रकम स्वर्गिय बालिका निर्मला पन्तको परिवारलाई हस्तान्तरण गरिने निर्माण पक्षले जनाएको छ । यसअघि हेटौडामा आयोजित विशेष शोबाट उठेको ५० हजार रकम स्वर्गीय पन्तको परिवारलाई सहयोग गरिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ