arrow

हिमानी कोषद्धारा नेपाल मेडिकल एशोसियसनलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७७ जेठ ६ मंगलबार
himani-shah-nepal.jpeg

काठमाडौं। हिमानी कोषले देशका विभिन्न अस्पतालमा कोरोना विरुद्ध कार्यरत डाक्टरकालागि नेपाल मेडिकल एशोसियसन (एनएमए) मार्फत आज मास्क, स्यानीटाईजर र लेजर थर्मोमिटर सहयोग गरेको छ ।

हिमानी कोष र एनएमएले आज आपसि संझौता पत्रमा हस्ताक्षर गर्दै उक्त सामग्रीहरु कोभिड १९ बाट अत्याधिक प्रभावित स्थानका अस्पतालमा कार्यरत डाक्टरहरुलाई प्रदान गर्ने सहमति गरेका छन् । उक्त सम्झौता पत्रमा हिमानी कोषका तर्फबाट महासचिव रेश्मा राणा र नेपाल मेडिकल एशोसिएसनका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

कोषको कार्यालयमा आज सम्पन्न कार्यक्रममा हिमानी कोषले ५ हजार थान केएन ९५ मास्क, २४०० थान स्यानीटाईजर र ४८ थान लेजर थर्मोमिटर एनएमएका अध्यक्ष डा. लोचन कार्कीलाई हस्तान्तरण गरेको छ ।

सामग्री बुझ्दै एनएमएका अध्यक्ष डा. कार्कीले उक्त सामग्री आजैबाट वितरण गर्न थालिने बताए। संस्थाकी अध्यक्ष हिमानी राज्य लक्ष्मी देवी शाह नेपालमा नरहेका कारण अन्य पदाधिकारीले उक्त सामग्री हस्तान्तरण गरेका थिए।

हिमानी कोष र नेपाल मेडिकल एशोसियसन बिच स्वास्थ्य सेवालाई योगदान गर्न दिर्घकालिनरुपमा सहकार्य गर्ने समेत तयारी भएको छ । सहकार्यका बिषयहरु तय गरी केही समय भित्रै कार्ययोजना ल्याउने दुवै संस्थाले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ