arrow

नेपालमा कोरोना संक्रमित ३७९ पुगे, कपिलवस्तुमा थपिए चार जना

संक्रमित बढेको बढ्यै भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले फेरि १५ दिनलाई जिल्ला सील गर्यो

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७७ जेठ ६ मंगलबार
corona-nepal-health.jpg

कपिलवस्तु । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३७९ पुगेको छ । मंगलबार बिहान कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन् । 

मायादेवी गाउँपालिका वडा नम्बर ४ का ३ जना र वडा नम्बर ३ का १ जना थपिएका हुन् । 

संक्रमितहरु २० देखि ४५ वर्षका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्गर्तत स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । 

यीसंगै कपिलवस्तुमा संक्रमितको संख्या ४७ पुगेको छ । 

यसैबीच कोरोना संक्रमण फैलने उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले फेरि १५ दिनलाई जिल्लालाई सील गरेको छ । यस अघि बैशाख २९ देखि जेठ ५ गते सम्मकालागि जिल्लालाई सील गरिएको थियो ।

 सरकराले लकडाउन जेठ २० गते सम्म बढाएको तथा कपिलवस्तु कोरोनाको रेड जोनमा परे पछि जिल्लालाई पुनः १५ दिन सील गर्ने  निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पोेलले बताए । जेठ २० गते सम्म जिल्लालाई सील गरिएको हो ।  

प्रशासन कार्यालयमा बसेको कोरोना बिपद ब्यवस्थापन समिति र जिल्ला सुरक्षा समितको संयुक्त बैठकले सो निर्णय गरेको हो । जेठ २० गते मध्यरातसम्म  जिल्लालाई सील गरिएको हो । प्रजिअ दीर्घनारायण पौडेलले जिल्लामा कोरानो तीब्ररुपमा फैलिए पछि जोखिम कम गर्न जिल्लालाई सील गर्न अवधि थपिएको बताए । 

यस अघि गरिएको निर्णयलाई यथावत राखिएको तर तरकारी र खाद्यान्न किन्ने दिन घटाईएको छ । अब हप्ताको ३ दिन सोमवार बुधवार र शनिवार बिहान ७ देखि नौ बजे मात्र तरकारी र खाद्यान्न किन्ने समय छुट्टाईएको छ । जिल्लामा आउन र जान पूर्ण निषैध गरिएको छ । 

अत्यावश्यक बाहेका सबै उद्योगधन्दा कलकारखाना उदोग ब्यवसाय, सवारी साधनमा पूर्ण रोक लगाईएको छ । स्थानीय प्रशासन र ऐन २०२८ दफा ६ ९३० क र संक्रमण रोग ऐन २०२० को दफा २ (१) अनुसार जिल्ला सील गरिएको हो । प्रजिअ पौडेलले अब पासमा समेत कडाई गरिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ