arrow

सेनाले ग्वाङ्जाओबाट ल्यायो स्वास्थ्य सामग्री

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
nepal-army-new.jpg.jpeg

काठमाडौं । नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मंगलबार बिहान काठमाडौँ ल्याएको हो । 

स्वास्थ्य सामग्री बोकेर आएको निगमको वाइड बढी जहाज मंगलबार बिहान ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहास सोमबार राति ग्वाङ्जाओ उडेको थियो ।

ग्वाङ्जाओबाट १८.८ टन स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले राससलाई जानकारी दिए । ती स्वास्थ्य सामग्रीमा पिपिइ, एन–९५ मास्कलगायत रहेका छन् । 

सेनाले यसअघि शनिबार स्थलमार्गबाट १० कन्टेनर स्वास्थ्य सामग्री ल्याएको थियो । बुझिएअनुसार सेनाले जम्मा ३४३ टन स्वास्थ्य सामग्री ल्याउनेछ । त्यसमध्ये जहाजमार्फत ४७.५ टन र बाँकी सडकमार्गबाट ल्याउनेछ । सेनाले पहिलोपटक जहाजमार्फत स्वास्थ्य सामग्री ल्याएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ