arrow

बजारमा भारतीय तरकारी, बुटवलका स्थानीयको तरकारीले बजार नपाउदा सडकमा फालियो (भिडियो)

logo
नारायण वली, 
प्रकाशित २०७७ जेठ ६ मंगलबार
bhara.jpg

रुपन्देही । स्थानीय स्तरमा किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुले वजार नपाउँदा जिल्लाका किसानहरुले दुख व्यक्त  गरेका छन् । बुटवलका वजारभरी भारतीय तरकारीले स्थान पाउँदा पनि स्थानीय उत्पादनले बजार नपाउदा किसानहरु दुखी भएका हुन् । 

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले किसानहरु प्रत्यक्ष मारमा परेको भन्दै रुपन्देहीका व्यवसायिक किसानहरुले गुनासो पोखेका छन् ।

उनीहरुले लकडाउनका वेला स्थानीय तहहरुमा किसानहरुले उत्पादन गरेको कृषि जन्य वस्तुले वजार नपाउँदा, विक्रि वितरणमा समेत रोक लगाएकाले कृषि गर्दा लिएको कर्जा कसरी तिर्ने हो भन्ने चिन्ताले सताउन थालेको वताएका छन् । 

यस्तै मानपकडीका एक किसान सोमई पासीले बुटवल स्थित रहेको कृषि उपज थोक केन्द्रलाई बुटवल उप–महानगरपालिकाले गत चैत २४ देखि वन्द गरिएको र यही वैशाख २९ गते देखि खुलेपनि तर स्थानीय तरकारीले स्थान नपाएको तर भारतीय कृषि उपजले स्थान पाईरहेको भन्दै, आफुहरुले उत्पादन गरेको तरकारीहरु खेतवारी मै कति सडेको र कति सड्न थालेको भन्दै आक्रोस पोखे ।

यस्तै वजारमा विक्रिवितरण गर्न नपाएपछि मंगलवार (आज) रुपन्देहीको शुद्धोधन गाउँपालिकाका किसानहरुले स्थानीय स्तरमा उत्पादन भएको हरियो तरकारीले वजार नपाई उल्टो भारतीय उत्पादन तरकारीले निर्वाध रुपमा स्थान पाउँदा यसरी तरकारी फाल्न वाध्य भएको किसानहरुले वताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ