arrow

गगन र डिलाको प्रश्नमा ओली नाजवाफ, प्रदीप गिरिको प्रश्नलाई बुज्रुकको संज्ञा  

विदेशमा भएका ४५ लाखलाई ल्याउन नसकिने प्रधानमन्त्रीको जवाफ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
PMOliFedralParliament.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसदद्धय गगनकुमार थापा र डा डिला संग्रौलाले प्रतिनिधि सभाको बैठकमा मंगलवार सोधेका प्रश्नहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नाजवाफ भएका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथी भएको छलफलका क्रममा उनीहरुले सोधेको प्रश्नमा ओलीले कुनै जवाफ दिन नसकेका हुन् । 

बैठकमा सांसद थापाले नेपालको नयाँ नक्सा सार्वजनीक गर्ने निर्णय गरेकोमा धन्यवाद दिदै नक्सा मात्रै बन्ने हो की भूमि नै फिर्ता हुने हो भन्नेमा आशंका रहेको उल्लेख गरेका थिए । उनले अहिले नक्सा सार्वजनीक गरेर भूमि फिर्ता गर्ने तर्फको यात्रा तय भएको आशा र भूमि फिर्ता गराउने दवावलाई ओझेलमा पार्न खोजेको आशंका मध्ये कुनले जित्ला भनेर सोधेका थिए । 

प्रश्न सोधेपछि निकै लामो समयसम्म बोलेका प्रधानमन्त्री ओलीले थापाले सोधेको र धेरैले आशंका गरेको विषयमा उत्तर दिन नसकेर मौन बसेका छन् ।

ओलीले यस विषयमा उत्तर नदिदा नक्सा सार्वजनीक गर्नु नै ठूलो उपलब्धी हो भनेर प्रचारमा मात्रै सिमित हुने आशंकामा बल पुगेको छ । 

त्यसैगरी अर्की सांसद संग्रौलाले विदेशमा अल्पत्र नेपालीलाई कहिले नेपाल फर्काउनुहुन्छ भनेर गरेको प्रश्नमा पनि ओली जवाफ विहिन भएका छन् । 

डा संग्रौलाले विदेशमा अल्पत्र नेपालीलाई स्वदेश ल्याउने मिति तोक्न माग गर्दै उनीहरुलाई ल्याएर राख्नका लागि अहिलेसम्म कति ओटा क्वारेन्टाइन बन्यो भनेर प्रश्न गरेकी थिइन ।  

उनको प्रश्नमा प्रधानमन्त्री ओलीले ठोस मिति र संख्या बताउन नसकेपछि विषयबस्तुलाई बंग्याएर व्याख्या गरेका थिए । उनले विदेशमा रहेका ४५ लाखलाई अहिले नै ल्याउन नसकिने र यो सहज नभएको जवाफ दिएका थिए । विदेशमा अल्पत्र परेका झण्डै ५-६ लाख मानिस मात्रै आउन चाहेको विषयलाई अपव्याख्या गरेर ओलीले ४५ लाख जनालाई ल्याउन नसकिने उत्तर दिएका हुन् । 

आउन चाहनेहरुलाई नल्याउनका लागि ओलीले ल्याउनु पर्नेहरुको संख्या धेरै देखाउदै समस्यालाई जटिल बनाएर प्रस्तुत गरेका थिए । 

उनले कति नेपाली आउन चाहेका छन् भन्ने तथ्यांक अहिलेसम्म पनि सरकारसँग नभएको बताउदै हिसावकिताव भइरहेको हल्का जवाफ दिए । 

प्रधानमन्त्री ओलीले विभिन्न देशका शिर्ष नेताहरुसँग आफुले कुरा गरेर नेपालीलाई सहयोग गर्न आग्रह गरेकाले उनीहरुलाई कुनै समस्या नपरेको दावी पनि गरेका छन् । विदेशमा अल्पत्र नेपालीले गरेको अपिलप्रति प्रधानमन्त्री ओलीले अनविज्ञता प्रकट गरेका छन्।

समकालिन नेताहरु मध्ये विद्धान मानिने नेपाली काँग्रेसका अर्का सांसद प्रदीप गिरिको प्रश्नलाई त प्रधानमन्त्री ओलीले बुज्रुक प्रश्नको संज्ञा दिए । “एक जना विद्धान मित्रले बुज्रुक तरिकाले प्रश्न गर्नुभयो, सजग गराउनु भएकोमा धन्यवाद, पुराना अनुभवबाट शिक्षा लिने हो सिक्ने हो,” भनेर ओलीले जवाफ दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ