arrow

कोरोना संक्रमित बढेपछि धर्मशालामा ५० वेडको क्वारेन्टाइन

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७७ जेठ ६ मंगलबार
gopal-dharmasala.jpg

जनकपुर । प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरधाम गोपाल धर्मशालामा ५० वेडको नयाँ ‘क्वारेन्टाइन’ सेन्टर मंगलबार देखि शुरु भएको छ ।

शुरुको दिनमा उप–महानगरपालिकाले २५ वेडको ‘क्वारेन्टाइन’ सेन्टर स्वस्तिका नर्सिङ्ग होममा संचालन गर्दे आईरहेकोमा दिन प्रतिदिन कोरोन संक्रमितहरु को संख्या मा वृद्धि भै रहेको देखिंदा उप–महानगरपालिकाले वडा नम्बर ४ स्थित गोपाल धर्मशालामा को ‘क्वारेन्टाइन’ सेन्टरमा नियमित तथा २४ औ घन्टा स्वास्थ्य परीक्षण र चिकित्सा सुविधा लगायतको अन्य सुरक्षा व्यवस्था, फ्री वाइफाइ,जेनरेटर युक्त विजुली, सफा खानेपानी, उचित साफ सफाई तथा पौष्टिक आहार सहित को सबै मुलभूत सुविधाको व्यवस्था गरेका मेयर लालकिशोर साहले जानकारी दिए।

करिब सय कोठा निर्मित रहेको उक्त धर्मशाला को निरिक्षण गर्ने क्रममा उप–महानगरपालिका का मेयर लाल किसोर साहका अनुसार कोरोना संक्रमित रोगीहरुका लागि यहाँ ‘क्वारेन्टाइन’ मा बस्न कुने पनि समस्या हुदैन यहाँ पर्याप्त ठाउँ रहेको मेयर साह ले बताए ।

तत्काल अहिले ५० वेडको क्वारेन्टाइन  व्यवस्था गरिएको  तर पछि आवश्यक्ता अनुसार अरु थप गरिने मेयर साहले जानकारी दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ