arrow

फ्रन्ट लाइनमा काम गर्ने उपत्यका १ सय ९१ जना पत्रकारको पिसिआर विधिबाट कोरोना परिक्षण

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
fnj5.jpg

काठमाडौं । फ्रन्ट लाइनमा काम गर्ने उपत्यका १ सय ९१ जना पत्रकारको पिसिआर विधिबाट कोरोना परिक्षण परिक्षणको लागि स्वाब संकलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको संमन्वयमा महासंघको केन्द्रीय कार्यालयमा अग्र मोर्चामा खटिएर काम गरिरहेका १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस कोभिड –१९ परिक्षणका लागि स्वाब संकलन गरिएको महासचिव रमेश बिष्टले जानकारी दिएका छन । 

उनले आज स्वास्थ्य परिक्षण गरिएका सबै पत्रकारहरु कोरोना संक्रमणको जोखिम मोलेर सूचना संकलनको अग्रस्थानमा खटिएका पत्रकार रहेको बताए ।

त्यस्तै मेडिकल ल्याब एसोसियसन अफ नेपालका अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाईरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा काम गर्ने जनशक्तिका लागि अति नै संवेदनशील रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ