arrow

आज मृत्यु योग, टाढाको यात्रा नगर्नु वेश, गर्नै परे के गर्ने ? 

आज कुन राशी उत्तम, कुन राशी भारी ? (विवरणसहित) 

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ जेठ ७ बुधबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ जेष्ठ ७ गते बुधबार, इस्वीसंवत मे २० तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष बछलागा चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको त्रयोदशी तिथि ३६ घडी ५० पला अर्थात साँझमा ७ बजेर ५८ मिनेटसम्म त्यसउप्रान्त चतुर्दशी तिथि लाग्नेछ । 

आज अनुराधा नक्षत्र, विष्कुम्भादि योगमा सौभाग्य, करणमा भद्रा, आनन्दादि योगमा मृत्यु रहनेछ । 

सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३३ घडी ५३ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर १४ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४८ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
स्वास्थ्य भरपर्दो रहनेछ । घुमेको धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ ।

वृषः तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ । कुनै महत्वपूर्ण काम बन्ने सम्भावना पनि छ ।

मिथुनः लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन् । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । आफूलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ । समय शुभ छ, उपयोग गर्नुहोला । 

कर्कटः समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । आँखामा एक्कासी खराबी आउन सक्नेछ । आँटेका कामहरूमा असफलता, सोचेजतिका सबै कामहरूमा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ ।

सिंहः स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । 
 
कन्याः  वास्थ्यमा खास कुनै गड्वढी देखिनेछैन । तर आँटेका सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ । सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्, तर संघर्ष भने खूब गर्नुपर्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ । 

तुलाः मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।

वृश्चिकः पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक भावना सञ्चरण हुन सक्छन् । कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । व्यक्तिगत महत्वाकांक्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुन सक्छ । समग्रमा समय शुभ छ । 

धनुः बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रशन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसंगका लागि अनुकूल समय छ ।

मकरः बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुन सक्छन् । तर्क, वहस र वादविवादमा आज नलाग्नुहोला ।  परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । 

कुम्भः आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज छैन । अढैया शनिको प्रभावले केही काम भने बिग्रने सम्भावना रहनेछ ।

मीनः समय अत्यन्तै खराव छ । तपाईको मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य ज्यादै संवेदनशील रहने देखिन्छ । खानामा गडबडी, कसैले मनमा दुःख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ ।

साइतः आज मृत्यु योग परेकाले सकभर टाढाको यात्रा नगर्नुहोला । गर्नैपरे धार्मिक उपाय अपनाएर शुभ बेलामा यात्रा प्रारम्भ गर्नुहोला । 

आजको शुभ लाभादि बेला 
बिहान ५ः१४ बजेदेखि         ६ः४४ बजेसम्म        लाभ बेला
बिहान ६ः४४ बजेदेखि         ८ः१४ बजेसम्म        अमृत बेला
बिहान ८ः१४ बजेदेखि         ९ः४४ बजेसम्म        काल बेला
बिहान ९ः४४ बजेदेखि        ११ः१४ बजेसम्म        शुभ बेला
बिहान ११ः१४ बजेदेखि        १२ः४४ बजेसम्म        रोग बेला
मध्यान्ह १२ः४४ बजेदेखि      २ः१४ बजेसम्म        उद्धेग बेला
दिउँसो २ः१४ बजेदेखि        ३ः४४ बजेसम्म        चर बेला
दिउँसो ३ः४४ बजेदेखि        ५ः१४ बजेसम्म        लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय ः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ