arrow

कपिलबस्तुमा थप १२ जनालाई कोरोना, १० पालिकामै फैलियो

रुपन्देहीमा थप १ मा भेटियो

logo
मणि प्रसाद गैह्रे, 
प्रकाशित २०७७ जेठ ७ बुधबार
corona-test.JPG

कपिलबस्तु। कपिलबस्तुमा थप १२ जनालाई कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

नगरपालिकाका ९ जनामा बुधबार कोरोना देखिएको पुष्टि भएको छ । बुधबार नै विजयनगरका थप ३ जनामा पनि कोरोना देखिएको स्रोतले बताएको छ।

यससँगै कपिलवस्तुका १० वटै पालिकामा नै कोरोना फैलिएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देहीका १ र कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।

प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् ।

रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको स्रोतको भनाइ छ । स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ