arrow

कोरोना : पोखराका चार जनामा एन्डिबढी देखियो

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
corona-test-kit.jpg

पोखरा। पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गर्दा चार जनामा एन्डिबढी देखिएको छ ।

पोखरा महानगरपालिकाका वडा नं ३, ८ र १९ का विभिन्न तीनवटा क्लष्टरमा महानगर कर्मचारी, स्वास्थ्यकर्मीसहित विभिन्न क्षेत्रबाट पोखरा भित्रिएका ५६ व्यक्तिको मङ्गलबार आइडिटीबाट कोरोना परीक्षण गरिएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए ।

उनका अनुसार नमूना सङ्कलनका लागि उनीहरुमा आरडिटी परीक्षण गरिएकामा चार जनामा एन्डिबढी देखियो । मङ्गलबार ५६ जनाको र्‍यान्डम परीक्षण गरेका थियाँै, चार जनामा आरडिटी परीक्षण पोजेटिभ देखिएपछि स्वाब सङ्कलन गरेर पठाएका छौँ ।

आरडिटी पोजेटिभ देखिएकाको पिसीआर विधिबाट परीक्षण गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा थ्रोट स्वाब सङ्कलन गरी पठाइएको छ भने उनीहरुलाई छुट्टै निगरानीमा राखिएको उनको भनाइ छ । महाशाखाले बुधबार पोखरा—२५ हेमजारमा परीक्षण सञ्चालन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ