- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । बाँकेमा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नरैनापुर ५ का ५ जना र खजुरा ५ का १ जना गरी ६ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकेमा अब एक जना मृत्यु भएका युवकसहित संक्रमितको संख्या ९९ पुगेको छ । नरैनापुरमा मात्रै ७३, नेपालगञ्जमा २५ र खजुरा गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा तीन वटा स्थानीय तहमा संक्रमण देखिएको छ । आज देशभर २५ जना संक्रमित थपिएका छन् ।
देशभर अब कुल संक्रमितको संख्या ४ सय २७ पुगेको छ । ती मध्ये ४५ जना निको भएर घर फर्किएका छन् । २ जनाको भने मृत्यु भएको छ ।