arrow

कालीगण्डकीमा हराएका दुई बालक मध्ये एकको शव भेटियो

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
kaligandaki.jpeg

स्याङ्गजा । कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका रामपुर नगरपालिका १० सिकोडाँडा १० वर्षीय सुनिल भट्टराईको शव फेला परेको छ । 

स्याङ्गजाको चापाकोट नगरपालिकास्थित ज्याग्दीदोभानदेखि करीब एक सय मिटर तल नदी किनारमा बुधबार दिउँसो साढे एक बजेतिर उनको शव फेला परेको हो । 

इलाका प्रहरी कार्यालय रामपुरले बेपत्ता बालकको शव फेला परेको परिवारलाई खबर गरेपछि आफन्तले सोको पहिचान गरेका हुन् । 

यही जेठ ४ गते रामपुर –१० स्थित मलौटेघाटमा दिउँसो पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका थिए । उनीसंगै बेपत्ता भएका १० वर्षीय समीर चापागाईँ भने अझै फेला परेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ