arrow

लकडाउनमा सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारको निर्णय सच्याउन डा डिला संग्रौलाको माग 

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
dila-sangraula1.jpg

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा डिला संग्रौलाले सरकारले अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोक्ने निर्णय गरेकोप्रति आपत्ति जनाएकी छिन् । 

उनले सरकारले गरेको यो निर्णय तत्काल सच्याउन मागसमेत गरेकी छिन् । उनले भनेकी छिन्, ‘सिङ्गै मुलुक गएको झन्डै २ महिनादेखि लकडाउनमा भएको बेला सरकारले  ६० वर्ष मुनिका एकल महिला  तथा अति अशक्त अपांगता भएका व्यक्तिहरुलाई दिंदै आएको  भत्ता रोकेको समाचार सुनेर म स्तब्ध भएकी छु।’

उनले अगाडि थपिन्, ‘रोजगार गुमाएका मजदूर, न्यून आय भएका जनसमुदाय, एकल महिला तथा अपांग दाजुभाइ दिदी बहिनीहरुलाई न्यूनतम आर्थिक सहायता दिनु पर्ने हामीले माग गर्दै आएकोमा सरकारको यो कदमको हामी निन्दा गर्दछौं।’

डा संग्रौलाले यो विषय प्रतिनिधि सभाको आगामी बैठकमा उठाउने जानकारी दिँदै भनेकी छिन्, ‘सामाजिक सुरक्षा ऐन २०७५ को हवाला दिँदै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आर्थिक वर्ष २०६५–६६ देखि दिइंदै आएको उक्त भत्ता रोक्न दिएको निर्देशन तत्काल फिर्ता गर्न र सामाजिक सुरक्षा नियमावलीमा नियतवस अतिअशक्त अपांगता भएका व्यक्तिलाई छुटाइएको विषयलाई  तत्काल सच्याउन पनि म माग गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ