arrow

एक कर्मचारीले अर्को कर्मचारीलाई घुस दिँदा अख्तियारको फन्दामा 

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
corruption.jpg

विराटनगर । प्रदेश नं १ आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोजेको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

डिभिजन प्रमुख झाले आर्थिक मामिला मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई रु १० हजार बुझाउन खोजेको अभियोग लगाइएको छ । 

झाले उक्त रकम खाममा राखेर आफ्नो कार्यकक्षको टेबलको घर्रामा राखिदिएको र त्यसबारे सोध्दा उनले केही नभएको पौडेलले बताएका छन् । 

झाले आफूले पौडेललाई रु १० हजार खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको जनाएका छन् । 

उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भ्रष्टाचारजन्य कसुरमा सजाय गराइपाऊँ भनी निवेदन दिएका थिए ।

सो घटनाको सामान्य जानकारीपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिँदै घटनामा सङ्लग्नलाई आयोगमा बुझाउन निर्देशन दिएका थिए । लगत्तै आयोगको इटहरीस्थित कार्यालयले झालाई पक्राउ गरेको हो ।
 
आर्थिक मामिला मन्त्रालयमा महिनौँदेखि अन्य मन्त्रालय तथा कार्यालयको फाइल रोकिँदै आएको गुनासो आएको छ । भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उपसचिव हरिहर पौडेलको सरुवा भएको थियो । 

उक्त शाखाका कर्मचारीले दुःख दिनाका साथै फाइलसमेत हराउने, फ्याँकिने र च्यातिने गरेको गुनसो अन्य मन्त्रालयका कर्मचारीले गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ