arrow

लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जना पक्राउ

लकडाउनको समयमा लुकिछिपी पालिका प्रवेश

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ जेठ ८ बिहिबार
kalapani-lipulek-india.jpg

दार्चुला। दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको व्यक्तिगत सुरक्षाको अवस्थालाई ध्यान दिदै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए । नियन्त्रण रहेका आठै जनालाई अहिले जिल्ला सदरमुकाम ल्याइरहेको प्रहरीले जनाएको छ ।

‘देशमा अहिले बन्दाबन्दीको समय छ । एक ठाउँबाट अर्को ठाउँ जान बन्द गरिएको छ, लकडाउनको उलंघन गर्दै उनीहरु एक पालिकाबाट लुकीछिपी अर्को पालिका प्रवेश गरेका थिए । जसले गर्दा कोरोनाको खतरा समेत बढ्यो, विष्टले भने, स्थानियहरुले समेत उनीहरुलाई प्रवेशमा बाधा पुर्‍याएको हुँदा उनीहरुकै सुरक्षाको लागि नियन्त्रणमा लिइएको हो ।” उनीहरु नेपाली झण्डा लिएर कालापानी लिपुलेकतिर लागेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ