arrow

बिहिवार ४ वजेसम्म २६ नयाँ कोरोना संक्रमित थपिए, पुगे ४५३ जना

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ८ बिहिबार
corona-nepal-health.jpg

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या विहिवार ४ वजेसम्म २६ जना थपिएर ४५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारी अनुसार कोरोनाको नयाँ विरामी २६ जना थपिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले योसँगै नेपालको कोरोनाभाइरस संक्रमितको संख्या ४५३ पुगेको जानकारी दिए ।

बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गरेर मन्त्रालयले थप १७ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो। मन्त्रालयले अपरान्ह पत्रकार सम्मेलनम थप नौ जनामा पनि कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको हो ।

नौ जना थप संक्रमित भएकामा रुपन्देही र झापाका रहेका छन् । झापामा ८ जना पुरुषमा संक्रमण भएको छ भने एक रुपन्देहीका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ