arrow

सुदुरपश्चिमका नाकाबाट एकै दिनमा साढे दुई हजार  भित्रिए

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ जेठ ८ बिहिबार
sudurpaschim2.jpg

कञ्चनपुर । सुदुरपश्चिमका दुई नाकाबाट भारतका विभिन्न स्थानहरुमा अलपत्र दुई हजार पाँच सय नेपालीहरु बिहिबार स्वदेश भित्रिएका छन् । 

कञ्चनपुरको सीमावर्ती गौरीफन्टा र गड्डाचौकी नाकाबाट आज एकै दिनमा दुई हजार पाँच सय  नेपालीको उद्दार गरिएको छ । उद्दार कार्य बेलुका अबेर सम्म पनि जारी राखिएको छ।

कोरोना भाईरसका कारण भारतमा जारी लकडाउनपछि स्वदेश फर्किन सीमा नाकासम्म पुगेका प्रवासी नेपालीहरुको प्रशासन कार्यालयको समन्वयमा गौरिफन्टा नाका र  गड्डाचौकी नाकाबाट उद्दारको काम भएको हो।

गौरीफन्टा नाकाबाट  बेलुका ७ बजेसम्म २ हजार  ३७ जनालाई भित्र्याईएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए ।  उनका अनुसार बेलुका अबेर सम्म अलपत्र नागरिकहरुलाई उद्धार गरिएको थियो । ‘भारतका विभिन्न क्षेत्रबाट ३४ वटा गाडीमा नेपालीहरु नाकासम्म पुगेका थिए। उनीहरुको र्‍यापिड  टेस्ट गर्दै भित्र्याउने काम भईएको प्रहरी निरीक्षक सिंहले बताए ।

यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट साढे ८ सय मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो। बुधबार उनीहरुको सामान्य तापक्रम परीक्षण गरेर भित्र्याईएकोमा आज भने सीमानाकामै र्‍यापिड टेस्ट भईरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले सीमा क्षेत्रमै र्‍यापिड टेस्ट गर्ने व्यवस्था मिलाएको हो । 
यसैगरि कंचनपुरको गड्डाचौकी नाकाबाट आज मात्र ५ सय भन्दा बढीको उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय कंचनपुरले जनाएको छ । अझै उद्दार कार्य जारी रहेको बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ