arrow

पाठ्यक्रममा रहेको लिम्पियाधुरा, लिपुलेक समेटिएको नक्साको नियति नहोस नयाँ नक्साको

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
limpiyadhura-lipulek-school.gif

काठमाडौं। नेपाल सरकारले बुधवार सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटियो। लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक हुँदा यसअघी प्रचलनमा रहेको नक्साको उत्तर पश्चिममा नदेखिको चुच्चो देखा परेको छ।

अहिले नक्सामा मात्र समेटिएको क्षेत्र नेपालको आफ्नो नियन्त्रणमा आएको अवस्थामा भक्तपुर भन्दा बढी क्षेत्रफल देशको भूगोलमा थपिने नापी विभागका अधिकारीहरु बताउँछन्। तर कति क्षेत्रफल थपिन्छ त्यसको यकिन भने केहि समयको अध्ययन पछि मात्र बताउन सकिने उनीहरुको भनाई छ।

सुगौली सन्धीपछि कायम भएको भूभागलाई समेटेर नेपालले सार्वजनिक गरेको नक्साले देशभित्र जति तरंग ल्याएको छ भारतमा पनि उत्तिकै तरंग देखिएको छ। भारतीय विदेश मन्त्रालयले नेपालले जारी गरेको नक्सा अमान्य हुने बताएको छ। 

भारतीय मिडियामा नेपाल मामिलाका जानकारहरुदेखि पूर्व कुटनीतिज्ञ र पूर्व सैन्य अधिकारीहरु पनि नेपालले जारी गरेको नक्सालाई स्विकार्न नसकिने प्रतिक्रिया दिइरहेका छन्। 

नेपालमा भने सबै राजनीतिक दलहरुबीच लगभग एकमत देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु पनि खुलेरै यो नक्साको पक्षमा उभिएका छन्।

भारत र चीनबीच लिपुलेकको बारेमा भएको सम्झौताको विपक्षमा तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशिल कोइराला उभिएका थिए। कांग्रेसको सो अडान अहिले कांग्रेसका नेताहरुले नयाँ नक्साको स्वागतबाट देखिएको छ।  

सरकारले जारी गरेको नयाँ नक्सा सार्वजनिक भइरहदा अहिले एउटा पुरानो नक्सा पनि सामाजिक संजालतिर देखिन थालेको छ। 

अंग्रेजी भाषामा छापिएको कक्षा आठको पाठ्यपुस्तकको एउटा अंशमा नेपालको नक्सामा लिम्पियाधुरा नेपालको नक्सामा देखाइएको छ। नेपालको नक्सा तल जिल्लाको प्रोफाइलमा डडेल्धुराको बारेमा जानकारी समेटिएको छ। २०११ सालको जनगणनाको आधारमा डडेल्धुराको जनसंख्या प्रोफाइलमा समेटिएको छ। यसको आधारमा त्यो नक्सा २०१२  वा २०१३ सालतिर छापिएको हुनुपर्ने कतिपयले बताएका छन्। 

एकथरी भने त्यो तस्विर नयाँ शिक्षा लागू हुँदाको कितावमा समेटिएको बताउँछन्। कक्षा आठको किताबमा छापिएको त्यो तस्विर र अहिले प्रकाशित गरिएको तस्विरमा धेरै समानता छ। एक सीमाविद्ले पाठ्यपुस्तकको नक्सा र अहिले सार्वजनिक नक्सामा समानता रहेको समेत दावी गर्दछन। 

अब प्रश्न उठ्छ २०२९ मा नयाँ शिक्षा लागू हुँदा समेटिएको लिम्पियाधुरा सहितको नक्सा कहिलेदेखि नेपाली पाठ्यपुस्तबाट कहिले गायब गरिएको थियो? यो पटक देश एकठाउँ उभिएर लिम्पियाधुरा सहितको भूभाग नेपालले भोगचलन गर्न पाउने गरि लिनुपर्नेमा आवाज उठिरहेको छ। यसका लागि भारतसँग कुटनीतिक तथा राजनीतिक संवाद गरि भारतको नियन्त्रणमा रहेको भूभाग ल्याउन पहल गर्न ढीला गर्न नहुने मत सघन छ। विगतमा पाठ्यपुस्तकमा समेटेर पनि निरन्तर रहन नसकेको लिम्पियाधुरा सहित कालापानी र लिपुलेक अब कुनै पनि वहानामा हट्न नहुने मत सघन हुँदै गएको छ। सरकार पनि यसमा गम्भिर हुन जरुरी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ