arrow

कोरोनाले लियो दुई दिने नवजात शिशुको ज्यान, साउदीमा एकैदिन थपिए २ हजार भन्दा बढी संक्रमित

logo
अरशद शेष राई,
प्रकाशित २०७७ जेठ ८ बिहिबार
corona-ppe1.jpg

साउदी अरेबिया। कोरोना भाइरस अर्थात कोभिड -१९ को महामारीबाट साउदी अरेबियामा एक जना दुई दिने नवजात शिशुको ज्यान गएको छ । 

साउदी अरेबियामा कोरोना भाइरसको महामारीबाट सबैभन्दा कम उमेरको नवजात शिशुको ज्यान गएको यो पहिलो घटना भएको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।

साउदी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गरि “दुर्भाग्यपूर्ण देशमा कोरोनाको महामारीबाट पहिलो शिशुको ज्यान गएको छ जो दुई दिनकी नवजात शिशु थिइन।" 

शिशु जन्मिनु भन्दा पहिले नै शिशुको आमालाई कोरोना भाइरसले पोजेटिभ पाइएको थियो। पछि शिशु जन्मिदा उनी पनि कोभिड १९ को संक्रमणबाट ग्रसित पाइएको थियो। साउदी स्वास्थ्य मन्त्रालयले पीडित आमाप्रति संवेदना व्यक्त गरेको छ ।

साउदी अरेबियामा बुधबार एकैदिन नयाँ २ हजार ६ सय ९१ जना कोरोना संक्रमित थपिएका थिए जबकि एकैदिन १ हजार ८ सय ४४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्।

बुधबार नयाँ भेटिएका संक्रमितमध्ये रियाद ८१५, जद्दा ३११, मक्का ३०६, मदिना २३६, दम्माम १५७, हुफुफ १४० जस्तै गरि २ हजार ६ सय ९१ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ६० हजार भन्दामाथि पुगेको छ । 

कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियामा बुधबार अबेरराती सम्म संक्रमितको जम्म संख्या ६२ हजार ५ सय ४५ पुगेको छ भने उपचारपछि निको हुनेको संख्या ३३ हजार ४ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साउदी अरेबियामा हालसम्म कोभिड १९ को भाइरसका कारण ३ सय ३९ जना संक्रमितको ज्यान गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ