arrow

झुक्यो चीन, कोरोनाको उद्गम वुहानमा जंगली जनावर खान र शिकार गर्न प्रतिवन्ध

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
wuhan-meat-band.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल चीनको वुहानमा जंगली जनावरको खानामा प्रतिवन्ध लगाइएको छ । 

वुहान सरकारले जारी गरेको एक सूचना अनुसार नयाँ नीति पाँच वर्षसम्म लागु हुनेछ । ग्लोबल टाइम्सको रिपोर्ट अनुसार वुहान सरकारको आधिकारिक वेबसाइटमा एक नयाँ नीति जारी गरिएको छ ।

उक्त नीति अनुसार जंगली जनावर खान र शिकार गर्न वुहानमा प्रतिवन्ध लगाइएको छ । 

आदेशअनुसार जंगली जनावर तथा उत्पादनको खपतमा प्रतिवन्ध लगाइएको छ । जसमा सबै जमिनमा पाइने वन्य जन्तु सामेल छन् । 

आदेशअनुसार स्याल, गोही, ब्वाँसो, सर्प, मुसा र थुप्रै जंगली जनावरहरुमा प्रतिवन्ध लगाइएको छ । 

यस बाहेक कुनै पनि संस्था वा व्यक्तिलाई वन्यजन्तु वा सम्बन्धित उत्पादनहरुको उत्पादन, प्रक्रिया, प्रयोग वा व्यावसायिक संचालन गर्न अनुमति दिइने छैन।

कोरोना भाइरस जनावरको प्रयोगकै कारण भएको भन्ने विश्वबाट दवाव आएकाले पनि चीन झुक्न वाध्य भएको हो । हुनत यो प्रमाणित भएको छैन । 

तर निकै पुरानो चमेरो र सर्पको मासुबाट कोरोना मानिसमा सरेको आंशका गरिएको छ । 

चीनमा जनावरको मासु धेरै नै खपत हुने गर्छ । त्यसको सबैभन्दा ठूलो हिस्सा वुहानले ओगटेको छ । 

तर त्यहीँ जनावरको मासुमा प्रतिवन्ध लगाएपछि भने यसलाई ठूलै कदम मानिएको छ । 

कोरोना रोक्नका लागि लगाइएको अस्थायी प्रतिबन्ध अब स्थायी रुपमै लगाइएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ