arrow

फेरि बढे नेपालमा कोरोना संक्रमित, पुगे ४८७

शुक्रबार बिहान ३० जना थपिए, १५ सर्लाहीका र ९ कपिलवस्तुका

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
corona-nepal-health.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित फेरि बढेका छन् । अहिलेसम्म ४८७ जनामा कोरोना लागेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान ९ बजे गरेको अद्यावधिक अनुसार शुक्रबार बिहान मात्रै ३० जना कोरोना संक्रमित थपिएका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएकाको संख्या ३० रहेको हो । 

जो नवलवरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिकिा ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । 

त्यस्तै नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ निवासी ३३ र ३५ वर्षीय  पुरुषहरु तथा १५ वर्षीया महिला रहेका छन् । 

कपिलवस्तु बाडगंगा नगरपालिका मायादेवी गाउँपालिका निवासी २४ देखि ५३ वर्षीय पुरुषहरु र ८ वर्षीया बालिका गरी ९ जना रहेका छन् । 

त्यस्तै सर्लाही गौडैता नगरपालिका ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२ देखि ३९ वर्षका पुरुषहरु र १८ वर्षीया महिला गरी १५ जना रहेका छन् । 

मन्त्रालयले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ