arrow

न्युर्योकमा जोडियोस् भत्किएका मनहरु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2095973924.jpeg
काठमाडौं । संसारकै नाट्यकलाको सहरका रुपमा चिनिएको न्यूयोर्कस्थित म्यानह्याटनको अफ ब्रोडवेमा पहिलोपटक नेपाली नाटक मञ्चन हुने भएको छ । आगामी डिसेम्बर १३ तारिखका दिन प्रख्यात नाटककार अशेष मल्लले लेखेको नाटक ‘जोडियोस् भत्किएका मनहरु’ मञ्चन हुन लागेको हो । नाटकको निर्देशन हरिवहादुर थापाले गरेका हुन । 

अशेष चर्चित नाट्य समूह सर्वनाम तथा सर्वनाम थिएटरका अध्यक्ष हुन् । निर्देशक थापा आफैमा एक कुशल कलाकार हुन् । उनले ‘मालती मंगले’ र ‘अमरसिंह’ जस्ता प्रसिद्ध नाटकमा जीवन्त अभिनय गरेका थिए । निर्देशक थापाले नाटकले भूकम्प पछिको समाजलाई चित्रण गरेको छ । 

‘नेपालमा आएको विनाशकारी  भूकम्प र यसबाट प्रभावित मानवीय समवेदना, घटना र प्रतिक्रिया नै नाटकको सार हो’विगत दुई महिनादेखि न्यूयोर्कमै कलाकारहरुलाई नाटकको प्रशिक्षण दिर्ईरहेका निर्देशक थापाले भने, ‘यही क्रिया प्रतिक्रियाको सविस्तार चित्रण र भूकम्पग्रस्त समाजले खोजेको सन्देशलाई दर्शक माझ पुर्याउने एउटा प्रयासलाई नाटकमा प्रस्तुत गर्नेछौं ।’ थापाले न्युयोर्कको रंगमञ्चमा नाटक देखाउने आफ्नो रहर पुरा भएको बताए ।

निर्देशक थापाका अनुसार अफ ब्रोडवे थिएटरमा दर्शक संख्या करिब पाँच सय छ । नाटकमा न्युयोर्कमै रहेका नेपाली कलाकारहरु नदिया लिवांङ, संगीता उप्रेती, दीपिका श्रेष्ठ, सहदेव पौडेल, अनुज थापा, कृष् थापा, ज्योति कुमार श्रेष्ठ, क्रिष्टल थापा, दिलाष्मा रजक, यादव गौतम र विकास विष्टको अभिनय रहने छ । नाटक एक घण्टा लामो रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ