arrow

प्रदेश दुईलाई नेपाल बंगलादेश बैंकद्वारा सहयोग

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
bank.PNG

जनकपुरधाम ।  कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नम्बर दुई सरकारले स्थापना गरेको राहत कोषमा नेपाल बंगलादेश बैंकले शुक्रबार पाँच लाखको सहयोग गरेको छ।

बैंकका प्रदेश कार्यालय बर्दीवास र जनकपुर शाखाका प्रतिनिधिहरुले शुक्रबार  मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखको चेक हस्तान्तरण गरेका  छन । सो अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको समेत उपस्थिति रहेको थियो । 

प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन् । राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ