arrow

नयाँ नक्शाबारे संविधान संशोधन विधेयक संसद्मा ल्याइने

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
nepal-map.jpg

काठमाडौं । सरकारले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।  

सरकारले यही जेठ ५ गते नेपालको नयाँ नक्शा ल्याउने निर्णय गरेको थियो । भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा(राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ