arrow

कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेका २३ वर्षिय युवकमा देखियो कोरोना

बैतडीमा पहिलो पटक कोरोना, प्रहरी कार्यालय बैतडी सिल

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
prisoner-jail.jpg

बैतडी । बैतडीमा पहिलो पटक एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा रहेका एक व्यक्तिमा शुक्रवार कोरोना पुष्टि भएको हो ।

 जिल्लाको शिवनाथ गाउँपालिकाका २३ वर्षका युवक २२ दिनदेखि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा थिए । थुनुवामा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको छ । साथै थुनामा रहेका युवकमा कोरोना पुष्टि भएपछि अन्यलाई समेत त्रास बढेको छ ।

गत चैत ६ गते भारतको मुम्बइबाट घर आएका २३ वर्षका युवक वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका थिए ।

   युवकको ढिलो गरी भएको स्वाब परीक्षण (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । बैतडी संगै सुदूरपश्चिमका ५ जनामा कोरोना पुष्टी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ